२०८१ आश्विन ४, शुक्रबार
24 खबर अपडेट

युवा नेता लेखनाथ खरेल एमालेको महाधिवेशन प्रतिनिधिमा निर्वाचित

२०७८ कार्तिक २८, आईतबार प्रकाशित ( साल अघि) १२०२ पाठक संख्या

भूमही, २८ कात्तिक । नेकपा एमाले पश्चिम नवलपरासीका युवा नेता लेखनाथ खरेल पार्टीको महाधिवेशन प्रतिनिधि निर्वाचित हुनुभएको छ ।
सुनवल नगरपालिकाको भूमही निवासी खरेल एमालेको आसन्न दशौँ राष्ट्रिय महाधिवेशनमा प्रतिनिधित्वका लागि शनिबार भएको निर्वाचनमा नवलपरासी क्षेत्र नं. २ बाट अत्याधिक मतका साथ विजयी हुनुभएको हो । खुल्ला तर्फ चार जना महाधिवेशन प्रतिनिधिको लागि ११ जनाको उम्मेदवारी परेको थियोे ।
एमालेका उदयीमान नेता खरेलले ८१५ मत प्राप्त गरि विजयी हुनुभएको हो । खरेल हाल नेकपा एमालेको जिल्ला सचिवालय सदस्य हुनुहुन्छ ।
साविक लुम्बिनी अञ्चल युवा संघको अञ्चल सचिव भई काम गर्नुभएका खरेलले २०७० मा सम्पन्न संविधानसभा निर्वाचन र २०७४ मा सम्पन्न स्थानीय निर्वाचनमा आर्थिक संयोजक र युवा परिचालन संयोजक भई कुशलता पूर्वक जिम्मेवारी निर्वाह गर्नुभएको थियोे ।
सामाजिक क्षेत्रमा क्रियाशील खरेल यश क्षेत्रकै ठूलो लुम्बिनी सुनवल बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष तथा व्यवसायी समेत रहनुभएका खरेल सुनवल नगर उद्योग वाणिज्य संघको उपाध्यक्ष पनि हुनुहुन्छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
८%९%१%

प्रतिक्रिया दिनुहोस