२०८३ अषाढ ५, शुक्रबार
24 खबर अपडेट

दक्ष कामदार लिने साउदीको नीतिले नेपालका केही मेनपावरको रुवाबासी 

२०८३ अषाढ ५, शुक्रबार प्रकाशित ( घण्टा अघि) ३४ पाठक संख्या

 

काठमाण्डौ । पछिल्लोपटक साउदी अरबले सीप प्रमाणिकरण भएका दक्ष जनशक्तिलाई मात्र रोजगार दिने नीति लागू गरेको छ । यो नियम नेपालका लागि मात्र नभएर साउदीमा कामदार पठाउने सबै देशका लागि लागू हुनेछ ।

सीप प्रमाणिकरण भएका दक्ष कामदार मात्र लैजाने गरी साउदीले नयाँ नियम लागू गरे सँगै यसले नेपालमा ठुलै तरङ्ग पैदा गरेको छ । नेपालमा रहेका कामदारको प्रमाणिकरणका लागि स्वीकृति पाएको इन्डष्ट्रियल ट्रेनिङ इन्स्टिच्युट नेपाल ( क्ष्त्क्ष् ) ले विहीबार साउदी राजदूत र कूटनीतिक नियोगका प्रतिनिधिको उपस्थितिमा उद्‌घाटन कार्यक्रम राखेको थियो ।

कार्यक्रम स्थल बसुन्धारामा सबै तयारी सकेर उद्‌घाटन गर्ने लाग्दा केही मेनपावर सञ्चालकहरू आए । उनीहरु एकाएक आक्रामक बने र कार्यक्रमका लागि तयार गरिएको मञ्च भत्काउने र तोडफोड गरे । उनीहरूले कार्यक्रममा उपस्थित भएकाहरूमा हातपात गर्न समेत पछि परेनन् । घटना यतिमा मात्र रोकिएन साउदी अरबका राजदूत र साउदी स्थित कूटनीतिक नियोगका प्रतिनिधि सवार गाडीमा दुब्र्यबहार तथा आक्रमण गर्ने प्रयास गरे ।

यो एक सामान्य घटना थिएन । यसले मेनपावर व्यवसायीहरू कुन हद सम्म पार गर्न तयार हुन्छन् भन्ने प्रष्ट तस्विर देखायो । मेनपावर व्यवसायीलाई यसै पनि पहिला देखिनै आफ्नो फाइदाका लागि जुनसुकै हर्कत गर्न तयार हुन्छन् भन्ने आरोप लागेकोमा घटनाले थप प्रमाणित गर्न मद्दत पुग्यो । केही व्यवसायीका कारण नियम सङ्गत रुपमा सञ्चालनमा रहेका मेनपावर ब्यबसायी माथी पनि असर पुग्यो ।

अराजकताको हद पार गरेका व्यवसायीले सीप प्रमाणिकरणका लागि ५० डलर मात्र शुल्क लाग्नेमा १ सय डलर शुल्क लाग्ने अफवाह फैलाउन भ्याए । उनीहरूले इन्डष्ट्रियल ट्रेनिङ इन्स्टिच्युट नेपाल ( क्ष्त्क्ष् ) लाई सिण्डिकेटको आरोप लगाएका छन् । तर साउदी सरकार सँग नेपालका जुनसुकै ट्रेनिङ इन्स्टिच्युटले आवश्यक प्रकृया पुरा गरी सीप परिक्षण र प्रमाणिकरणको लागि अनुमति लिन सक्ने ब्यवस्था छ ।

यो नियम लागू हुनुपुर्व मेनपावरले कामदारको दक्षता एकातिर र काम अर्कोतिर बनाएर वैदेशिक रोजगारमा पठाउने गरेका थिए । पछिल्लो नियमले अव मेनपावरको आफूखुसी रोकेर दक्ष र सीपयुक्त कामदार मात्र पठाउनुपर्दा यो व्यवस्थाको उनीहरूले विरोध गरेका हुन् । केही मेनपावर व्यवसायीले विरोध गर्दैमा साउदी सरकारले आफ्नो निर्णय फिर्ता गर्दैन । यो नियम नेपालका लागि मात्र नभएर साउदीमा कामदार पठाउँदै आएका सबै देशमा लागू भएको छ । विहीबार कार्यक्रम उद्‌घाटन स्थलमा केही मेनपावर व्यवसायीहरूले जुन हर्कत गरे त्यसले उनीहरूको रोधन प्रष्ट झल्किएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस