२०८३ बैशाख २३, बुधबार
24 खबर अपडेट

नेपाली कांग्रेस प्रतापपुरका कार्यबाहक सभापति अधिकारीद्धारा राजिनामा

२०८३ बैशाख २३, बुधबार प्रकाशित ( घण्टा अघि) ७३ पाठक संख्या

परासी,२३ बैशाख। पश्चिम नवलपरासीस्थित नेपाली काङ्ग्रेस प्रतापपुर गाउँपालिकाका कार्यबाहक सभापति राजुु प्रसाद अधिकारीले पार्टीबाट राजीनामा दिएका छन् ।
अधिकारीले आफ्नो ब्यक्तिगत फेसबुक मार्फत नेपाली काङ्ग्रेस क्षेत्रीय कार्यसमिति,नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति नवलपरासी,नेपाली काङ्ग्रेस लुम्बिनी प्रदेश कार्यसमिति र नेपाली काङ्ग्रेस केन्द्रिय कार्यसमितिलाई बोधार्थ गरेर राजीनामा सार्बजनिक गरेका छन् ।
अधिकारीले राजीनामा पार्टी भित्र चरम गुटबन्दी र नेताहरुमा एकले अर्को लाई सिधाउने खेलको प्रवृत्ति हाबी भएको भन्दै र यस्ता घृणित कार्यमा आफू सहभागिता हुन नसक्ने भन्दै नेपाली काङ्ग्रेस प्रदेश कार्यसमिति नवलपरासी १ ख का सभापतिलाई सम्बोधन गरि राजीनामा पेश गरेका हुन् ।
अधिकारी नेपाली काङ्ग्रेस पार्टीमा बि स २०४६ सालको जनआन्दोलन पछि हाल सम्म पार्टीको एक इमानदार सिपाही तथा कार्यकर्ताको रूपमा र हाल नेपाली काङ्ग्रेस प्रतापपुर गाउँपालिका कार्यसमितिका उपसभापति काम गर्दै आईरहेका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस