२०८३ अषाढ १, सोमबार
24 खबर अपडेट

विद्यार्थीलाई उपभोक्ता अधिकारबारे सचेत बनाउँदै उपभोक्ता हित संरक्षण मञ्च नवलपरासी

२०८३ अषाढ १, सोमबार प्रकाशित ( घण्टा अघि) ४५ पाठक संख्या

परासी, १ असार । विद्यार्थीहरूलाई उपभोक्ता अधिकार, कर्तव्य तथा बजारमा हुने सम्भावित ठगीबारे सचेत बनाउने उद्देश्यले लिटिल एञ्जेल्स माध्यमिक विद्यालय परासीमा उपभोक्ता अधिकार सम्बन्धी विद्यार्थी लक्षित सचेतना कार्यक्रम सम्पन्न भएको छ।
उपभोक्ता हित संरक्षण मञ्च जिल्ला समिति नवलपरासीको आयोजना तथा रामग्राम नगरपालिकाको सहयोगमा आयोजित कार्यक्रममा संस्थाका संस्थापक जिल्ला अध्यक्ष रामजी ज्ञवालीले प्रमुख प्रशिक्षकको रूपमा सहजीकरण गर्दै उपभोक्ताका मौलिक अधिकार, गुणस्तरीय वस्तु तथा सेवाको छनोट, लेबल तथा म्याद जाँच गर्ने तरिका, उपभोक्ता संरक्षणसम्बन्धी कानुनी प्रावधान र सचेत उपभोक्ताको भूमिकाबारे विस्तृत जानकारी दिनुभएको थियो।
उहाँले विद्यार्थीहरू भविष्यका जिम्मेवार नागरिक भएकाले उपभोक्ता सचेतनाको ज्ञान विद्यालय तहबाटै आवश्यक रहेको बताउनुभयो। कार्यक्रममा सहभागी विद्यार्थीहरूले दैनिक जीवनमा वस्तु तथा सेवा खरिद गर्दा ध्यान दिनुपर्ने विषय, आफ्ना अधिकारको प्रयोग गर्ने विधि तथा उपभोक्ता संरक्षणका उपायबारे उपयोगी जानकारी प्राप्त गरेका थिए ।

Uu2

प्रमुख अतिथि विद्यालयका प्रधानाध्यापक सुमन गोपाल आचार्यले यस्ता सचेतनामूलक कार्यक्रमले विद्यार्थीहरूलाई व्यवहारिक ज्ञान प्रदान गर्नुका साथै जिम्मेवार र सचेत नागरिक बन्न प्रेरित गर्ने बताउनुभयो। उहाँले विद्यालय शिक्षा केवल पाठ्यपुस्तकमा सीमित नभई जीवनोपयोगी ज्ञान र सीपसँग जोडिनुपर्ने उल्लेख गर्दै उपभोक्ता अधिकारसम्बन्धी जानकारी आजको आवश्यकता रहेको धारणा राख्नुभयो।
मञ्चका जिल्ला अध्यक्ष भोजराज बराकोटीले उपभोक्ता अधिकारको संरक्षणका लागि विद्यार्थी र समुदायलाई सचेत र जिम्मेवार बनाउन यस्ता कार्यक्रम निरन्तर सञ्चालन गरिने बताउनुभयो।संस्थाका उपाध्यक्ष मोहन पौडेलले बढ्दो बजार प्रतिस्पर्धा र उपभोक्तामाथि हुने विभिन्न प्रकारका ठगी तथा भ्रमपूर्ण प्रचारबाट बच्न सचेतना अपरिहार्य भएको उल्लेख गर्नुभयो।
उक्त अवसरमा पत्रकार गौरीशंकर जयसवाल, मञ्चका जिल्ला सचिव धु्रवराज ज्ञवाली लगायतले उपभोक्ता अधिकारका विषयमा प्रकाश पार्नुभएको थियो ।कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी तथा अन्य सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

Uu3

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस