२०८३ जेष्ठ ३१, आईतबार
24 खबर अपडेट

विश्व रक्तदाता दिवसमा नवलपरासीका जेसीजहरूको संयुक्त रक्तदान कार्यक्रम

२०८३ जेष्ठ ३१, आईतबार प्रकाशित ( घण्टा अघि) ४८ पाठक संख्या

परासी, ३१ जेठ । विश्व रक्तदाता दिवसको अवसर पारेर पश्चिम नवलपरासीमा रहेका पाँच वटै जेसीज शाखाहरूले संयुक्त रूपमा रक्तदान कार्यक्रम गरेका छन्। सुनवल–१२ भूमहीमा आइतबार सम्पन्न कार्यक्रममा १६ युनिट रगत संकलन भएको छ।
रामग्राम जेसीज, रामग्राम महिला जेसीज, सुनवल जेसीज, रामनगर जेसीज र बर्दघाट जेसीजको संयुक्त आयोजना, रामनगर बजार विकास समितिको सहयोग तथा नेपाल रेडक्रस सोसाइटी जिल्ला रक्तसञ्चार केन्द्र परासीको प्राविधिक सहयोगमा उक्त कार्यक्रम गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि सुनवल–१२ का वडा अध्यक्ष चुडामणि पौडेलले रक्तदान जीवनको महान् कार्य भएको उल्लेख गर्दै समाजमा मानवीय सेवाको भावना विस्तार गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने बताउनुभयो। उहाँले नियमित रक्तदानमार्फत बिरामीको जीवन बचाउन सकिने भएकाले सबैलाई रक्तदानमा सहभागी हुन आग्रह गर्नुभयो।
उक्त कार्यक्रममा स्थानीयवासी, युवा तथा सामाजिक अभियन्ताहरूको सहभागिता रहेको थियो। रक्त अभाव न्यूनीकरणमा योगदान पु¥याउने उद्देश्यले संयुक्त रूपमा कार्यक्रम आयोजना गरिएको रामग्राम जेसीजका अध्यक्ष मुकेश लोनियाले जानकारी दिनुभयो ।
रामग्राम जेसीजका अध्यक्ष लोनिया, रामग्राम महिला जेसीजकी अध्यक्ष बबिता जयसवाल, सुनवल जेसीजकी अध्यक्ष लीला पाठक, रामनगर जेसीजका अध्यक्ष डिल्लीराम सुवेदी र बर्दघाट जेसीजका अध्यक्ष महेन्द्र गौतमको संयुक्त अध्यक्षतामा भएको उक्त कार्यक्रममा रामनगर जेसीजका संस्थापक अध्यक्ष डोलराज भण्डारी, नेपाल जेसीजका पूर्व राष्ट्रिय कार्यकारी उपाध्यक्ष भोजराज चापागाइ, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख माधव चौधरी,रामनगर बजार विकास समितिका अध्यक्ष भरत क्षेत्री पौडेल, कार्यक्रम संयोजक सुनवल जेसीजका कार्यकारी उपाध्यक्ष सुरज सेन्चुरी, बर्दघाट जेसीजका महासचिव भुपाल पौडेल लगायतले रक्तदानको महत्वबारे प्रकाश पार्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस