२०८३ जेष्ठ २९, शुक्रबार
24 खबर अपडेट

दोहोरो नागरिकता प्रकरणमा नवलपरासीबाट एक जना पक्राउ

२०८३ जेष्ठ २९, शुक्रबार प्रकाशित ( घण्टा अघि) ५०७ पाठक संख्या

परासी, २९ जेठ । झुठा विवरण पेश गरी नेपाली नागरिकता लिएका एक भारतीय नागरिक दोहोरो नागरिकता सम्बन्धी कसुरमा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार नेपाली नागरिकता लिई भारतको महाराजगञ्ज जिल्ला, तहसिल निचलौल लक्ष्मीपुर खुर्द (तिलपुर) निवासी ४५ वर्षीय मदनलाल कलवारलाई पक्राउ गरिएको हो।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी मदन थापाका अनुसार भारतमा बसोबास गर्दै आएका कलवारले नेपाली नागरिकता लिएको उजुरीपछि जिल्ला प्रहरी कार्यालय नवलपरासी र इलाका प्रहरी कार्यालय महेशपुरबाट खटिएको संयुक्त टोलीले सरावल गाउँपालिका–७ भुजहवा क्षेत्रबाट नियन्त्रणमा लिएको हो ।
उक्त घटनामा थप अनुसन्धानका लागि जिल्ला अदालतबाट नागरिकता सम्बन्धी कसुरमा पाँच दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस