२०८३ जेष्ठ २१, बिहिबार
24 खबर अपडेट

लागुऔषध सेवन गरी सवारी चलाउने पाँच चालक पक्राउ

२०८३ जेष्ठ २१, बिहिबार प्रकाशित ( मिनेट अघि) ४५ पाठक संख्या

परासी,२१ जेठ । पश्चिम नवलपरासीमा लागुऔषध सेवन गरी सवारी साधन चलाउने पाँच जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेहरूमा पाल्पा, नवलपरासी र बारा जिल्लाका १९ देखि ३० वर्ष उमेर समूहका युवकहरू रहेका छन्।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार बुधबार बर्दघाट नगरपालिका–२ स्थित पूर्व–पश्चिम राजमार्गमा संयुक्त चेकजाँच गर्ने क्रममा उनीहरू पक्राउ परेका हुन् ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय बर्दघाटको टोलीले ४० जना चालकको जाँच गर्दा ५ जनामा लागुऔषध सेवन गरेको पुष्टि भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी मदन थापाले जानकारी दिनुभयो ।
पक्राउ पर्नेमा पाल्पाको रिब्दिकोट-५ का ३५ वर्षीय मन बहादुर राना,नवलपरासीको बर्दघाट-४ का २९ वर्षीय अभिषेक भण्डारी,२२ वर्षीय सुदीप नेपाली,कावासोती-१४ का २९ वर्षीय लोकबहादुर थापा र बाराको निजगढ -७ का ३० वर्षीय विजय मगर रहेको उहाँले बताउनुभयो ।
पक्राउ परेका चालकहरूलाई जिल्ला अदालतबाट म्याद थप गरी लागुऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस