२०८३ बैशाख १८, शुक्रबार
24 खबर अपडेट

ट्रेड युनियन र विद्यार्थी संगठनको खारेजी फाँसीवादी कदम : तामाङ

२०८३ बैशाख १८, शुक्रबार प्रकाशित ( घण्टा अघि) ६१ पाठक संख्या

परासी,१८ बैशाख । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका स्थायी समिति सदस्य सीताराम तामाङले बालेन सरकारले ट्रेड युनियन र बिद्यार्थी सङ्गठन खारेजीको घोषणा गर्नु फाँसीवादी कदम रहेको बताएका छ्न् ।

क्रान्तिकारी ट्रेड युनियन महासङ्ग नवलपरासीले शुक्रबार बर्दघाटमा आयोजना गरेको १३७ औं अन्तर्राष्ट्रिय मजदुर दिवस बिशेष कार्यक्रमलाई सम्बोधन गर्दै उनले ट्रेड युनीयन र बिद्यार्थी सङ्गठन खारेज गर्नु अन्तर्राष्ट्रिय कानुन बिपरित हुने औल्याए । क्रान्तिकारी किसान महासङ्घका केन्द्रीय संयोजक रहेका उनले भुमिहीन, सुकुम्बासी, किसान, मजदुर, दलितलगायतको जनवर्गलाई बर्तमान सरकारले दुश्मनको ब्यवहार गरेको आरोप लगाए । उनले राष्ट्रिय स्वाधीनताको लडाइँ अब झन पेचिलो बन्दै गएकोले देश जोगाउन आन्दोलित हुनुपर्नेमा जोड दिए ।

सो अवसरमा पार्टीका केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज क्षेत्र बहादुर थापाले जिल्लामा रहेका आधारभुत जनताका मागलाई ध्यान दिदै संघर्षमा उत्रने समेत जानकारी गराए । कार्यक्रममा क्रान्तिकारी संयुक्त मोर्चा नेपालका जिल्ला संयोजक चुडामणि भण्डारीले भूमिहीन सुकुम्बासी माथि राज्यले दमन गरेको भन्दै उनीहरुमा त्रास र उकुसमुकुस रहेको बताउदै त्यसलाई चिरेर आन्दोलन उठाउन पहल लिइने बताए ।

महासङ्गका जिल्ला सह संयोजक लालु गिरीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन जिल्ला कार्यालय सदस्य गणेश बहादुर ढकाल र जिल्ला सल्लाहकार बाबुराम गिरीले कविता वाचन गरेका थिए ।

कार्यक्रममा पार्टीका बैकल्पिक केन्द्रीय सदस्य एवं जिल्ला सेक्रेटरी रवि पाण्डेय, कार्यालय सदस्य दुर्गा नारायण चौधरी बिभिन्न जनबर्गीय एवं मोर्चा संगठनका नेता कार्यकर्ता र पार्टीका जिल्ला समिति सदस्यहरु सहभागी थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस