२०८३ अषाढ ८, सोमबार
24 खबर अपडेट

नवलपरासीमा २७ लाख मूल्यका अवैध सामान बरामद

२०८३ अषाढ ८, सोमबार प्रकाशित ( घण्टा अघि) ५६ पाठक संख्या

परासी, ८ असार । पश्चिम नवलपरासीमा प्रहरीले ठूलो परिमाणमा अवैध रूपमा भित्र्याइएका सामानहरू बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसार गएराति विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी टोलीले बर्दघाट नगरपालिका–११ स्थित भित्री सडक खण्डबाट २७ लाख १९ हजार मूल्यका सामान फेला पारेको हो।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी मदन थापाका अनुसार राति सडक छेउमा शंकास्पद रूपमा लुकाइ राखिएको अवस्थामा उक्त सामानहरू फेला परेका हुन्।
बरामद सामग्रीमा मोबाइलमा प्रयोग हुने टेम्पर्ड ग्लास ४७ कार्टुन (करिब २३ हजार ५ सय पिस) र हुक्कामा प्रयोग हुने फ्लेवर ३२ कार्टुन (९८४ प्याकेट) रहेका छन्।
भन्सार छली अवैध रूपमा भित्र्याइएका यी सामानहरू नियन्त्रणमा लिएर थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालय पठाउने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।
घटनामा संलग्न व्यक्तिहरूको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। पछिल्लो समय सीमावर्ती क्षेत्रमा अवैध चोरी पैठारी बढ्दै गएपछि प्रहरीको निगरानी र नियन्त्रण अभियान थप कडा बनाइएको प्रहरीले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस