२०८३ जेष्ठ २६, मंगलबार
24 खबर अपडेट

सिटिजन्स बैंकद्वारा सरस्वती आधारभूत विद्यालयका विद्यार्थीलाई झोला वितरण

२०८३ जेष्ठ २६, मंगलबार प्रकाशित ( घण्टा अघि) १०७ पाठक संख्या

परासी,२६ जेठ । सिटिजन्स् बैंक इण्टनरनेशनल लिमिटेड परासी शाखाले सुनवल नगरपालिका–२ स्थित सरस्वती आधारभूत विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्री(झोला) वितरण गरेको छ।
बैंकले आफ्नो समाजिक उत्तरदायित्व(सिएसआर) अन्र्तगत उक्त विद्यालयमा अध्ययनरत ४० जना बालबालिकालाई झोला वितरण गरेको हो। आर्थिक रूपमा कमजोर तथा आवश्यकता भएका विद्यार्थीहरूको पठनपाठनमा सहयोग पु¥याउने उद्देश्य राखेर उक्त कार्यक्रम गरिएको बैंकले जनाएको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामनरेश यादवको अध्यक्षता तथा बैंककी शाखा प्रमुख मीना पाण्डेको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा शाखा प्रमुख पाण्डेले यस्ता सामाजिक कार्यहरूले विद्यार्थीहरूमा अध्ययनप्रति थप उत्साह जाग्ने विश्वास व्यक्त गर्नुभयो।
विद्यालयकी प्रधानाध्यापक रोशनी यादवले बैंकप्रति आभार व्यक्त गर्दै यस्ता सहयोगले शैक्षिक वातावरण सुधारमा महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो । कार्यक्रममा कार्यबाहक वडा अध्यक्ष यशोदा शर्मा,विद्यालय व्यवस्थापन समितिका संस्थापक अध्यक्ष मोहन बहादुर थापा क्षेत्री,नेपाल रेडक्रस सोसाइटी सुनवल नगर कोषाध्यक्ष शंकर नाउ,पिछडावर्ग महासंघ सुनवल नगर अध्यक्ष हिरालाल यादव,मेलमिलापका वडा संयोजक ज्ञानचन्द यादव लगायतको पनि सहभगिता थियो ।
सिटिजन्स बैंकले यसअघि पनि विभिन्न स्थानमा सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थ्य तथा सामुदायिक विकासका क्षेत्रमा यस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस