२०८३ जेष्ठ १८, सोमबार
24 खबर अपडेट

सरावलमा रास्वपाले एक महिनामै सक्यो सबै वडासहित पालिकाको अधिवेशन, नेतृत्वमा वीरेन्द्र यादव

२०८३ जेष्ठ १८, सोमबार प्रकाशित ( घण्टा अघि) ४० पाठक संख्या

परासी, १८ जेठ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा संगठन विस्तारलाई तीव्रता दिँदै तदर्थ समिति गठन भएको एक महिनामै पालिकाका सबै सात वडाको अधिवेशन तथा प्रथम पालिका अधिवेशन समेत सफलतापूर्वक सम्पन्न गरेको छ।
रास्वपाले गत वैशाख १३ गते स्थानीय समाजसेवी तथा व्यवसायी वीरेन्द्र यादवको नेतृत्वमा पालिका स्तरीय तदर्थ समिति गठन गरेको थियो । यादव नेतृत्वको तदर्थ समितिले गठनपश्चात् पालिकाका सातै वडामा वडा स्तरीय तदर्थ समिति निर्माण गरी क्रमिक रूपमा सबै वडाको अधिवेशन सम्पन्न गरी पालिका स्तरीय अधिवेशन पनि सम्पन्न गरेको हो ।
यही जेठ १४ गते सम्पन्न प्रथम पालिका अधिवेशनबाट वीरेन्द्र यादवको नेतृत्वमा ११ सदस्यीय पालिका कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको रास्वपाले जनाएको छ । समितिको उपाध्यक्षमा सरस्वती चौधरी, सचिवमा भेषनारायण चौधरी तथा सहसचिवमा अनिलकुमार अहिर यादव निर्वाचित हुनुभएको छ ।
त्यसैगरी सदस्यहरूमा दीपक बस्याल, तारा खनाल, ओमप्रकाश चौधरी, दामोदर देवकोटा, आलमगिर धुनिया, अशोककुमार गौड र उर्मिला हरिजन रहनुभएको छ । वडा अधिवेशनबाट वडा नं. १ मा कृष्णप्रसाद ढकाल, वडा नं. २ मा कृष्ण चौधरी, वडा नं. ३ मा ओमनारायण चौधरी, वडा नं. ४ मा सुबास गुप्ता, वडा नं. ५ मा श्रीकान्त कोहार, वडा नं. ६ मा धीरज यादव तथा वडा नं. ७ मा विन्दु कोहारको नेतृत्वमा ११–११ सदस्यीय वडा समिति गठन गरिएको पार्टीले जनाएको छ।
रास्वपाले छोटो अवधिमै सरावल गाउँपालिकाभर संगठन निर्माण तथा नेतृत्व चयनको प्रक्रिया सम्पन्न गर्न सफल भएको दाबी गर्दै पालिका समिति अध्यक्ष यादवले आगामी दिनमा जनसरोकारका मुद्दामा अझ सक्रिय रूपमा अघि बढ्ने प्रतिक्रिया दिनुभयो ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस