२०८३ अषाढ ११, बिहिबार
24 खबर अपडेट

अस्वस्थकर खाना भेटिएपछि ५० हजार रुपैयाँ जरिवाना

२०८३ अषाढ ११, बिहिबार प्रकाशित ( घण्टा अघि) १०८ पाठक संख्या

परासी,११ असार ।पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–२ स्थित रोयल कटेज लाई खाद्य स्वच्छता सम्बन्धी मापदण्ड उल्लंघन गरेको पाइएपछि ५० हजार रुपैयाँ जरिवाना गरिएको छ।
जिल्ला प्रशासन कार्यालय,घरेलु तथा साना उद्योग कार्यालय लगायतको टोलीले बिहीबार गरेको आकस्मिक छड्के अनुगमनका क्रममा होटलमा प्रयोग भइरहेका केही खाद्य सामग्री तथा खाना अस्वस्थकर अवस्थामा फेला परेपछि कारबाही गरिएको हो।
सहायक प्रमुख जिल्ला अधिकारी पोषण राज भण्डारीका अनुसार अनुगमनका क्रममा खाद्य स्वच्छता तथा सरसफाइमा लापरबाही देखिएकाले प्रचलित ऐनअनुसार पहिलो पटकका लागि ५० हजार रुपैयाँ जरिवाना गरिएको हो।
उहाँले खाद्य व्यवसाय सञ्चालन गर्ने सबै होटल, रेष्टुरेन्ट तथा खाद्य पसललाई उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको विषय भएकाले सरसफाइ र गुणस्तरमा विशेष ध्यान दिन आग्रह गर्नुभयो।
उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पर्ने गरी खाद्य सामग्री उत्पादन, भण्डारण वा बिक्री वितरण गर्ने व्यवसायीमाथि कानुनबमोजिम कडा कारबाही गरिने चेतावनी पनि प्रशासनले दिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस