२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

हिन्दु धर्ममाथी अन्याय भईरहेकोले जागरुक हुन जरुरी – पूर्वप्रधानन्यायधिश पराजुली

२०७८ चैत्र १२, शनिबार प्रकाशित ( साल अघि) १८२५ पाठक संख्या

परासी, १२ चैत । सर्वाेच्च अदालतका पूर्वप्रधानन्यायधिस गोपाल पराजुलीले हिन्दु धर्ममाथी अन्याय गरिएको दाबी गर्नुभएको छ । नेपाली नागरिकले माग्दै नमागेको धर्मनिरपेक्षता लादेर हिन्दु संस्कृति मास्ने प्रयास भईरहेको उहाँले बताउनुभयो ।
हिन्दु राष्ट्र स्वाभिमान जागरण अभियान अन्र्तगत आज पश्चिम नवलपरासीको परासीमा आयोजित प्रबुद्ध नागरिक गोष्ठी एवं साहित्य परिचय कार्यक्रमलाई सम्बोधन गर्दैै उहाँले धर्मनिरपेक्षता स्वीकार्न नसकिने जिकिर गर्नुभयो । हिन्दु धर्म संस्कृति र सभ्यता मास्न खोज्ने विरुद्ध जागरुक हुन उहाँले सचेत गराउनुभयो ।

2

विश्वकै उत्कृष्ट धर्म नै हिन्दु धर्म भएको बताउँदै उहाँले संविधानमा जबरजस्ती धर्मनिरपेक्षता लादिएको जिकिर गर्नुभयो । हिन्दु धर्ममाथी अन्याय गर्ने विरुद्ध धावा बोल्न उहाँले आग्रह गर्नुभयो ।
पूर्व प्रहरी महानिरीक्षक अच्युत कृष्ण खरेलले पश्चिमा देशहरुको आग्रहमा नेपालमा धर्मनिरपेक्षता लादिएको जिकिर गर्नुभयो । हिन्दु धर्म माथी आक्रमण भईरहेको भन्दै उहाँले धर्म संस्कृति रक्षाका लागि अग्रसर हुन आग्रह गर्नुभयो ।
पूर्व प्रहरी नायव महानिरीक्षक कल्याण तिमिल्सिनाले व्यक्ति मात्र नभई सामूहिक रुपमा हिन्दु हुन र संस्कृति जोगाउन आग्रह गर्नुभयो । धर्म परिवर्तन रोक्न सबै सचेत हुनुपर्ने बताउँदै उहाँले हिन्दु धर्म संरक्षण गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रम संयोजक अनिल कुमार उपाध्यायको अध्यक्षतामा भएको उक्त कार्यक्रममा हिन्दु धर्म र संस्कृतिप्रति आस्थावान सयौँको सहभागिता रहेको थियो ।

3

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%१%१%

प्रतिक्रिया दिनुहोस