२०८३ जेष्ठ ५, मंगलबार
24 खबर अपडेट

सरावल स्वास्थ्य चौकीको नव–निर्मित भवनबाट सेवा प्रारम्भ

२०८३ जेष्ठ ४, सोमबार प्रकाशित ( घण्टा अघि) ६८ पाठक संख्या

परासी, ४ जेठ । पश्चिम नवलपरासीको सरावल गाउँपालिका–३ स्थित सरावल स्वास्थ्य चौकीको नव–निर्मित भवनबाट सेवा प्रारम्भ भएको छ ।
संघीय सरकारको विशेष अनुदान तथा गाउँपालिकाको लागत साझेदारीमा निर्माण सम्पन्न भवनको सोमबार धार्मिक विधिनअनुसार गृह प्रवेश तथा सेवा शुभारम्भ गरिएको थियो।

Sar2

करिब डेढ करोड रुपैयाँ लागतमा निर्माण गरिएको उक्त भवनले अब स्थानीय बासिन्दालाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने अपेक्षा गरिएको छ। सरावल गाउँपालिका अध्यक्ष सुखाडीप्रसाद चौधरी, उपाध्यक्ष बासमति हरिजन, प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतम, वडा नं. ३ का वडा अध्यक्ष फिरंगी चौधरीले संयुक्त रुपमा पूजा तथा विधिपूर्वक नयाँ भवनबाट नियमित स्वास्थ्य सेवा शुभारम्भ गर्नुभएको हो ।
“नयाँ भवन निर्माणसँगै अब सरावल क्षेत्रका नागरिकले सुरक्षित, व्यवस्थित र प्रभावकारी स्वास्थ्य सेवा पाउने अपेक्षा गरिएको छ” गाउँपालिका अध्यक्ष चौधरीले भन्नुभयो, “यसअघि भौतिक संरचनाको अभाव झेल्दै आएको स्वास्थ्य चौकी अब पर्याप्त कोठा, सेवा सुविधा र वातावरणसहित सञ्चालनमा आएको छ।”
कार्यक्रममा जनप्रतिनिधि, स्थानीय बासिन्दा, स्वास्थ्यकर्मी तथा सरोकारवालाको उपस्थिति रहेको थियो। नयाँ भवनबाट सेवा प्रारम्भ भएसँगै गाउँस्तरमै उपचार सेवा विस्तारमा टेवा पु¥याउने स्थानीयको विश्वास छ ।

Sar3

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस