२०८२ बैशाख १६, मंगलबार
24 खबर अपडेट

क्रान्तिकारी ट्रेड युनियन महासंघ  र क्रान्तिकारी किसान महासंघ नवलपरासीमा नयाँ नेतृत्व

२०८२ बैशाख १६, मंगलबार प्रकाशित ( घण्टा अघि) ५४ पाठक संख्या

नवलपरासी,१६ वैशाख –  मोहन बैद्य ‘किरण’ नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका नेताहरुले बिचौलियाका कारण मजदुर एंव किसान वर्ग प्रताडित भएको बताएका छन् । उनीहरुले दलाल पुजींवादको कारण विचौलियाहरु हावी भएकोले वर्तमान सत्ता र ब्यवस्थालाई फालेर जनगणतन्त्र स्थापना गर्नुपर्ने औल्याए ।
नवलपरासीको बर्दघाटस्थित दिब्यनगरमा मंगलवार क्रान्तिकारी ट्रेड युनियन महासंघ नेपाल र क्रान्तिकारी किसान महासंघ नेपालको संयुक्त जिल्ला भेलालाई सम्बोधन गर्दै नेताहरुले उक्त विचार ब्यक्त गरेका हुन् ।
कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पोलिटब्युरो सदस्य तथा ब्युरो ईन्चार्ज प्रेम सुवेदीले दलाल तथा नोकरशाह वर्ग एंव बचेखुचेको सामन्तवादका बिरुद्ध संर्घष गर्नुपर्ने बताउनुभयो ।
पार्टीका बैकल्पिक केन्द्रीय सदस्य तथा जिल्ला सेक्रेटरी रवि पाण्डेयले मजदुर र किसान क्रान्तिको प्रमुख शक्ति रहेको चर्चा गर्दै सबै उत्पीडित वर्गका लागि नयाँ जनवादी तथा बैज्ञानिक समाजवादी क्रान्ति आवश्यक भईसकेको बताउनुभयो । युवा नेता पाण्डेयले नवलपरासीको बर्गसंर्घष उठान गर्न चुरे बस्तीका आधारभुत वर्ग देखि दशगजा नजिकका सबै शोषित उत्पीडितहरु एकताबद्ध हुनु पर्ने विचार राख्नुभयो ।
क्रान्तिकारी संयुक्त मोर्चाका जिल्ला संयोजक चुडामणी भण्डारीले मोर्चालाई विस्तार गर्दै आन्दोलन केन्द्रीत गर्ने जानकारी दिनुभयो । क्रान्तिकारी किसान महासंघ नेपालका जिल्ला संयोजक रामचन्द्र पोखरेलले मल, बीउ , सिंचाई, उत्पादित बस्तुको बजार मुल्य, भारतीय बजारका कारण नेपाली किसानका परेको समस्या लगायत थुपै्र समस्यालाई लिएर महासंघले आन्दोलन संगठित गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । क्रान्तिकारी ट्रेड युनियन महासंघ नेपालका केन्द्रीय सदस्य तथा जिल्ला संयोजक ज्ञान बहादुर केसीले मजदुर वर्गलाई संगठित गर्दै समस्याको समाधान संग जोडेर क्रान्तिको दिशामा अगाडि लैजाने प्रतिबद्धता जाहेर गर्नुभयो ।
क्रान्तिकारी टे«ड युनियन महासंघ नेपाल र क्रान्तिकारी किसान महासंघ नेपालको संयुक्त जिल्ला भेलाले ११ सदस्सीय छुटाछुट्टै जिल्ला सम्मेलन आयोजक समिति गठन गरेको छ । संयोजक रामचन्द्र पोखरेलको संयोजकत्वमा गठन भएको क्रान्तिकारी किसान महासंघ नेपालको जिल्ला समितिमा रवि पुन (सुनवल) पदमराज पौडेल(बर्दघाट) मेघनाथ चौधरी, प्रल्हाद हरिजन (सुस्ता) महेन्द्र राजभर(सुस्ता), मन्जुदेवी लोनिया (प्रतापपुर) ,छोटु हुसेन (सुस्ता) लगायत सदस्य रहनुभएको छ ।
त्यसैगरी क्रान्तिकारी टे«ड युनियन महासंघ नेपालको जिल्ला समितिमा केन्द्रीय सदस्य समेत रहनुभएका ज्ञान बहादुर केसी संयोजक र लालु गिरी सहसंयोजक रहेको ट्रेड युनियन महासंघको जिल्ला समिति गठन गरिएको हो । महासंघको जिल्ला सदस्यहरुमा दिनेश पासी (सिलाई मजदुर) सीता श्रीस (निर्माण मजदुर) दिपक कोइराला (इलेक्ट्रिक) कमल हरिजन ( कृषि ) हरेन्द्र पासीलगायत सदस्य रहनुभएको छ ।
क्रान्तिकारी ट्रेड युनियन महासंघ नेपालले यही बैशाख १८ गते भब्य रुपमा अन्तराष्ट्रिय मजदुर दिवस मनाउने तयारी रहेको नव निर्वाचित जिल्ला संयोजक केसीले जानकारी गराउनुभयो । सोही दिन क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको जनसम्बन्ध विस्तार अभियानको समापन समेत गर्ने कार्यक्रम रहेको छ । जनसम्बन्ध विस्तार अभियानको समापन पछि जनसंगठन विस्तार अभियान संचालन गर्ने योजना रहेको क्राकपा नेपाल जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस