२०८१ फागुन १४, बुधबार
24 खबर अपडेट

महाशिवरात्रीको अवसरमा पिपरा बालपुरी मन्दिरमा प्राण प्रतिष्ठा गरिँदै

२०८१ फागुन २, शुक्रबार प्रकाशित ( हफ्ता अघि) ३८८ पाठक संख्या

मोहन पौडेल
परासी, २ फागुन । महाशिवरात्रीको अवसरमा पश्चिम नवलपरासीको सरावल गाउँपालिका–३ पिपरामा अवस्थित बालपुरी महादेश्वर मन्दिरमा प्राणप्रतिष्ठा एवं महाआरती गरिने भएको छ । पुरातात्विक तथा ऐतिहासिक महत्व बोकेको उक्त मन्दिर संरक्षण तथा उचित विकासको अभावमा ओझेलमा पर्दै आएको थियो ।
पछिल्लो समय स्थानीयको सक्रियतामा मन्दिरको संरक्षण कार्य अघि बढेपछि बालपुरीसहित विभिन्न भगवानका मन्दिरहरु निर्माण गरिएको छ । आगामी फागुन १२ देखि १४ गतेसम्म मन्दिर परिसरमा नवनिर्मित शिवलिंग, राधाकृष्ण,बुढानिलकण्ठ,गणेश तथा महाभगवतीको मूर्ति प्राणप्रतिष्ठा गर्न लागिएको मन्दिर संरक्षण समितिका अध्यक्ष मनोज कँडेलले जानकारी दिनुभयो ।
पहिलो दिन बाजागाजासहित कलशयात्रा तथा प्राणप्रतिष्ठा गरिनेछ भने १३ गते महाआरती र १४ गते महारुद्री, लाखबत्ती लगायतका पूजाआरधनाका कार्यक्रमहरु सञ्चालन गर्न लागिएकोले सम्पूर्ण भक्तजनहरुलाई उपस्थित भई पुण्य आर्जन गर्न समितिले आह्वान गरेको छ ।
करिब ५ कठ्ठा क्षेत्रफलमा फैलिएको यो मन्दिर सय वर्ष भन्दा पूरानो रहेको अध्यक्ष कँडेलको दाबी छ । विगतमा यस मन्दिरमा निरन्तर धुनी बाल्ने गरिएपनि हाल यो लोप भईसकेको छ । पाका पुस्ताका अनुसार यहाँ धुनीका लागि बालिएको काठ बल्दै आफै सर्ने गरेको बताइन्छ ।
स्थानीयवासीको आस्थाको केन्द्र भएपनि मन्दिरको विकास र संरक्षण हुन सकेको थिएन् । तत्कालिन जिविस सदस्य हाल नेपाल रेडक्रस सोसाईटीका जिल्ला सभापति राजेन्द्र अग्रहरीको पहलमा त्यहाँ शक्ति रहेको विश्वासका साथ मन्दिर निर्माण गरिएको थियो । तत्पश्चात हालै मात्र मन्दिर संरक्षणको थालनी गरेको स्थानीयवासी बताउँछन् । तीन वर्ष अघि आफ्नो नेतृत्वमा व्यवस्थापन समिति निर्माण भएपछि राजेन्द्र श्रेष्ठ, सरावल गाउँपालिका तथा संघीय शहरी विकास विभागबाट बजेट व्यवस्थापन गरि मन्दिरको संरक्षण कार्य अघि बढिरहेको अध्यक्ष कँडेलले बताउनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस