२०८३ भाद्र १४, आईतबार
24 खबर अपडेट

भोटेकोशी बाढीपछि सम्पर्कविहीन सरावलका माधवको परिवारलाई वीरेन्द्र यादवद्धारा राहत सामग्री सहयोग

२०८३ भाद्र १४, आईतबार प्रकाशित ( घण्टा अघि) ७० पाठक संख्या

परासी, १४ भदौ । पश्चिम नवलपरासीको सरावल गाउँपालिका–१ नयाँ टोलका ३५ वर्षीय माधव चौधरी भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन भएपछि उनको परिवारलाई राहत सामग्री सहयोग गरिएको छ।
आर्थिक अवस्था कमजोर रहेका चौधरीको परिवारलाई दैनिक छाक टार्नसमेत समस्या हुँदै आएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरावलका सभापति वीरेन्द्र यादवले आइतबार उनको घरमै पुगेर खाद्यान्नलगायतका राहत सामग्री सहयोग गर्नुभएको हो । करिब एक महिनालाई पुग्ने गरी चामल, दाल, आलु, प्याज, तेल लगायतका खाद्यन्न सहयोग गरिएको छ, उहाँले भन्नुभयो ।
वेत्रावती विद्युत् आयोजनाको हाइटेन्सन क्षेत्रमा ट्याक्टर चालकका रूपमा काम गर्दै आएका चौधरी भोटेकोशीमा आएको बाढीपछि सम्पर्कविहीन भएका हुन्। उनी सम्पर्कविहीन भएपछि घरमा श्रीमती र छोराछोरीमा रुवावासी चलेको छ ।
घरको एकमात्र कमाउने व्यक्ति नै सम्पर्कविहीन भएपछि चौधरीको परिवार अहिले सहाराविहीन बनेको छ। श्रीमान् तथा बाबुको अवस्थाबारे कुनै जानकारी नपाउँदा परिवारमा रुवावासी चलेको छ।
श्रीमती र छोराछोरी भने माधव सकुशल भेटिने आशामा छन्। चौधरीकी श्रीमती सीताले सम्बन्धित निकायसँग आफ्ना श्रीमानको खोजी तथा उद्धारका लागि पहल गरिदिन आग्रह गर्नुभएको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस