२०८३ भाद्र १७, बुधबार
24 खबर अपडेट

भोटेकोसी बाढीपीडितको राहतका लागि अधेरीखोला खानेपानीको २५ हजार ५ सय सहयोग

२०८३ भाद्र १७, बुधबार प्रकाशित ( घण्टा अघि) ३८ पाठक संख्या

परासी,१७ भदौ । भोटेकोसी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले अधेरीखोला खानेपानी तथा सरसफाइ उपभोक्ता समिति सुनवल–११, १२ नवलपरासीले २५ हजार ५ सय रुपैयाँ सहयोग गरेको छ।

गत भदौ १० गते आएको आकस्मिक विनाशकारी बाढीबाट प्रभावित नागरिकप्रति ऐक्यबद्धता जनाउँदै समितिले आफ्नो राहत कोष, मूल समितिका पदाधिकारी तथा कर्मचारीबाट उक्त रकम संकलन गरि प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको अध्यक्ष राजकुमार श्रेष्ठले दैनिक24 खबर डटकमलाई बताउनुभयो ।

“विपद्को समयमा पीडित नागरिकलाई सहयोग गर्नु सामाजिक उत्तरदायित्व भएकाले समिति, पदाधिकारी र कर्मचारीको तर्फबाट स्वेच्छिक रूपमा रकम संकलन गरिएको हो।” उहाँले भन्नुभयो ।

Messenger_creation_E745B4CF 3EF8 41B5 B99E 8F0E00846BF8

संकलित रकममध्ये समितिको कार्यालयबाट ११ हजार रुपैयाँ तथा अध्यक्ष श्रेष्ठसहित समितिका पदाधिकारी, सदस्य तथा कर्मचारीहरूको व्यक्तिगत योगदानसमेत रहेको छ ।

बाढी तथा प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको राहत र पुनःस्थापनाका लागि विभिन्न क्षेत्रबाट सहयोग जुटिरहेका बेला खानेपानी उपभोक्ता समितिले समेत आफ्नो सामाजिक दायित्व निर्वाह गर्दै राहत कोषमा योगदान गरेको जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस