२०८३ भाद्र १७, बुधबार
24 खबर अपडेट

बाढी प्रभावित पत्रकार तथा सञ्चारमाध्यमलाई लुम्बिनी प्रेस क्लबले सहयोग गर्ने

२०८३ भाद्र १७, बुधबार प्रकाशित ( घण्टा अघि) ३८ पाठक संख्या

 

रुपन्देही, १७ भदौ । रसुवा, नुवाकोट र गोरखामा आएको बाढीबाट प्रभावित पत्रकार तथा सञ्चारमाध्यमको खोज, उद्धार र परिवारलाई सहयोग गर्ने उद्देश्यले लुम्बिनी प्रेस क्लबले रु १ लाख सहयोग गर्ने भएको छ।

क्लबको आकस्मिक बैठकले बाढीका कारण सम्पर्कविहीन भएका पत्रकारको खोज तथा उद्धारका साथै प्रभावित पत्रकार र सञ्चारमाध्यमलाई आवश्यक सहयोग उपलब्ध गराउने निर्णय गरेको क्लबका उपाध्यक्ष दीपेन्द्र बडुवालले जानकारी दिनुभयो।

उहाँका अनुसार नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालय तथा प्रेस काउन्सिल नेपालसँग समन्वय गरी उक्त रकम उपलब्ध गराइनेछ। बाढी प्रभावित क्षेत्रमा सम्पर्कविहीन पत्रकारको तत्काल खोज तथा उद्धारलाई प्राथमिकता दिन सरकारसँग समेत क्लबले आग्रह गरेको छ।

क्लबका महासचिव प्रकाश न्यौपानेले बाढी प्रभावित क्षेत्रमा उद्धार कार्यलाई थप तीव्र बनाउन सरकार तथा सम्बन्धित निकायसँग आग्रह गरिएको बताउनुभयो। उहाँले विपद्को समयमा पत्रकार तथा सञ्चारमाध्यमसमेत प्रभावित भएकाले उनीहरूको सुरक्षालाई राज्यले प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो।

क्लबले बाढीबाट ज्यान गुमाएका सबैप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ। साथै बाढी तथा पहिरोमा परी घाइते भएकाको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

यसैबीच बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका पत्रकार तथा सञ्चारमाध्यमलाई सबै प्रकारको सहयोग गर्न क्लब क्लव तयार रहेको कोषाध्यक्ष विष्णु भट्टराईले जानकारी दिनुभयो।

लुम्बिनी प्रेस क्लबले क्लबका सह–कोषाध्यक्ष रविन्द्र गुप्ताको संयोजकत्वमा बाढी तथा पहिरोबाट प्रभावित सञ्चारकर्मी र सञ्चारमाध्यमलाई सहयोग गर्ने निर्णय गरेको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस