२०८३ भाद्र ११, बिहिबार
24 खबर अपडेट

नवलपरासी उद्योग वाणिज्य संघले भोटेकोसी बाढीपीडितलाई दुई लाख एक हजार सहयोग गर्ने

२०८३ भाद्र ११, बिहिबार प्रकाशित ( घण्टा अघि) ११२ पाठक संख्या

परासी,११ भदौ । भोटेकोसी बाढीपीडितको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले नवलपरासी उद्योग वाणिज्य संघले दुई लाख १ हजार रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।
संघको बिहीबार बसेको पदाधिकारी बैठकले बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनाका लागि उक्त रकम प्रधानमन्त्री राहत कोषमा पठाउने निर्णय गरेको संघका अध्यक्ष नगेन्द्र अग्रहरीले दैनिक24 खबर डटकमलाई जानकारी दिनुभयो ।
“प्राकृतिक विपत्तिका कारण ठूलो जनधनको क्षति व्यहोर्नुपरेका बाढीपीडितको दुःखमा ऐक्यबद्धता जनाउँदै संघले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गर्ने निर्णय गरेको हो”, उहाँले भन्नुभयो ।

बैठकले विपद्को यस कठिन घडीमा प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउँदै दीर्घकालीन पुनःस्थापनाका लागि समेत राज्य तथा सम्बन्धित निकायले प्रभावकारी पहल गर्नुपर्नेमा जोड दिएको संघका महासचिव भोला पराजुलीले बताउनुभयो ।
नवलपरासी उद्योग वाणिज्य संघले कार्यसमिति तथा पूर्व अध्यक्षहरुबाट संकलन गरि राहत रकम सहयोग गर्न लागेको संघका कोषाध्यक्ष गिरिराज पाण्डेले बताउनुभयो ।
“विपद्मा परेका नागरिकको सहयोगका लागि निजी क्षेत्र, व्यवसायी तथा सामाजिक संघसंस्थाहरूलाई समेत आ–आफ्नो क्षेत्रबाट एकद्वार प्रणालीमा सहयोग गर्न आह्वान गरिएको छ” , उहाँले भन्नुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस