२०८३ भाद्र १९, शुक्रबार
24 खबर अपडेट

समाजसेवी शर्माद्धारा बुबाको स्मृतिमा बाढीपीडितलाई ५१ हजार बढी सहयोग

२०८३ भाद्र १९, शुक्रबार प्रकाशित ( घण्टा अघि) ४८ पाठक संख्या

परासी, १९ भदौ।  पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–५ परासी निवासी समाजसेवी अनिल शर्माले भोटेकोसी बाढीपीडितहरूको राहत, उद्धार तथा पुनःस्थापनाका लागि आर्थिक सहयोग गर्नुभएको छ।
संस्कृति सम्पदा संरक्षण महाअभियान पश्चिम नवलपरासीका संयोजक समेत रहनुभएका शर्माले आफ्ना स्वर्गीय बुबा दामोदर शर्माको सम्झनामा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५१ हजार १ सय ११ रुपैयाँ जम्मा गरेको पत्रकार सम्मेलनमार्फत जानकारी दिनुभएको हो।
” प्राकृतिक विपत्तिका कारण धेरै नागरिकले ज्यान गुमाउनुका साथै घरबारविहीन हुनुपरेको यस दुःखद घडीमा थोरै भए पनि मल्हम लगाउने प्रयास गरेको हुँ”, उहाँले भन्नुभयो।
उहाँले विपद्को यस कठिन परिस्थितिमा मानवीय दायित्व सम्झेर स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूलाई सहयोगका लागि हातेमालो गर्न समेत अपिल समेत गर्नुभएको छ।
शर्माले भन्नुभयो, “विपद् बाजा बजाएर आउँदैन, यस्तो बेलामा हामी सबैले आ–आफ्नो ठाउँबाट सकेको सहयोग गर्नु नै साँचो अर्थमा मानव धर्म हो।”
शर्माको यो कदमले समाजमा विपद्को बेला एकअर्कालाई सहयोग गर्नुपर्छ भन्ने सकारात्मक सन्देश प्रवाह गरेको छ र अन्य व्यक्तिहरूलाई पनि परोपकारी कार्यमा जोडिन प्रेरित गरेको छ।

IMG 20260903 WA0038

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस