परासी, १६ पुस । जिल्ला समन्वय समिति नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)ले जिल्लाको मूख्य–मूख्य प्रवेशमार्गमा स्वागत तथा धन्यवाद बोर्ड स्थापना गरेको छ । पश्चिम नवलपरासी जिल्ला प्रवेश गर्ने पर्यटक तथा आम नागरिकलाई स्वागत र भ्रमण गरी फर्कनेलाई धन्यवादसहितको होर्डिङ बोर्ड स्थापना गरिएको हो ।
जिल्लाको पूर्वी प्रवेशनाकास्थित गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको सीमा दाउन्ने क्षेत्र,पश्चिमी नाकास्थित रुपन्देहीबाट नवलपरासी प्रवेश गर्ने देवदह र सुनवल सीमा ज्यामिरे क्षेत्र,हुलाकी सडक अन्र्तगत भैरहवाबाट सदरमुकाम परासी प्रवेश गर्ने नाका हकुई क्षेत्र र दक्षिण पूर्वी नाकास्थि गण्डकी प्रदेशको त्रिवेणीबाट नवलपरासी सुस्ता प्रवेश गर्ने त्रिवेणी र सुस्ताको सीमा क्षेत्रमा गरी चार वटा प्रवेश नाकामा होर्डिङ बोर्ड लगाईएको जिल्ला समन्वय समितिका प्रमुख भगौती यादव(रुदल)ले जानकारी दिनुभयो ।
बोर्डको माध्यमबाट यात्राको क्रममा नवलपरासी जिल्लाको सीमा सुरुवात भएको र समाप्त भएको जानकारी प्राप्त गर्न यात्रुहरुलाई सहज हुनेछ । नवलपरासी जिल्लामा भ्रमणका लागि आउने आन्तरिक तथा बाह्य पर्यटकलाई स्वागतसहित भ्रमण गरेकोमा धन्यवाद ज्ञापन गरिएको बोर्डले जिल्लाको चिनारी र यहाँको पर्यटन प्रवद्र्धनमा पनि महत्वपूर्ण भूमिका खेल्ने जिसस प्रमुख यादवले बताउनुभयो । पालिकाहरुले आआफ्नो पालिकास्तरबाट स्वागत बोर्ड राखेपनि जिल्लाको पहिचान दिने गरी स्वागत बोर्ड नभएकोले जिससले छुट्टै बोर्ड राखेको जनाईएको छ ।