२०८१ भाद्र ३१, सोमबार
24 खबर अपडेट

श्यामकला भण्डारी र खुमन अधिकारीको मौलिक तीज गीत “सुटुक्क सुटुक्क” सार्वजनिक

२०८१ भाद्र २, आईतबार प्रकाशित ( हफ्ता अघि) ४४६ पाठक संख्या

मोहन पौडेल
परासी, २ भदौ । गायिका श्यामकला भण्डारी र गायक खुमन अधिकारीको नयाँ तीज गीत सुटुक्क सुटुक्क सार्वजनिक भएको छ । विष्णु न्यौपानको शब्द रहेको यस गीतमा गायक खुमन अधिकारीकै लय रहेको छ।
नेपाली नारीहरुको मूख्य पर्व हरितालिका तीज अवसर पारी परिवारका सदस्य सँगै बसेर हेर्न सुन्न पनि नमिल्ने गीत आईरहेको बेला सबैले हेर्न, सुन्न, हाँस्न र नाच्न मिल्ने मौलिक गीतको रुपमा आएको सुटुक्क सुटुक्क लाम्ला माया हल्ला नगर बोलको गीत खुमन अधिकारी युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
गीतको म्युजिक भिडियोमा स्मारिका ढकाल र सुरेश कोलीको अभिनय रहेको छ। भिडियोको निर्देशक जीवन कुमार ज्ञवालीले गर्नुभएको छ । गायिका भण्डारी राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान पश्चिम नवलपरासीकी अध्यक्ष हुनुहुन्छ भने गायक अधिकारी प्रतिष्ठानका केन्द्रीय उपाध्यक्ष हुनुहुन्छ ।
अधिकारी बहुचर्चित गायक हुनुहुन्छ भने विद्यालय उमेरदेखि नै गायन क्षेत्रमा लाग्नुभएकी गायिका भण्डारी लाईभ दोहोरीमा अब्बल हुनुहुन्छ । वि.स.२०५८ सालमा झरना म्युजिकबाट  पछि फेरि पर्छ कि रुन बोलको पहिलो एल्बम बजारमा ल्याई नेपाली सांगीतिक क्षेत्रमा व्यवसायिक रुपमा प्रवेश गर्नुभएकी उहाँ सोही वर्ष लाईभ दोहोरी प्रतियोगितामा जिल्ला प्रथम हुन सफल हुनुभएको थियो ।
नवलपरासी भूमही निवासी भण्डारीले एक दर्जन बढी गीति एल्बम बजारमा ल्याई सक्नुभएको छ । भण्डारी नृत्य र अभिनयमा पनि पोख्त हुनुहुन्छ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस