२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

सुनवलदेखि महलपोखरी सडक निर्माण पहिलो प्राथमिकता – थानप्रसाद गैरे

२०७९ कार्तिक ३०, बुधबार प्रकाशित ( साल अघि) ७१७ पाठक संख्या

परासी, ३० कात्तिक । नेकपा एमालेबाट पश्चिम नवलपरासी क्षेत्र नं.२ को प्रदेशसभा १ का प्रदेशसभा सदस्य पदका उम्मेदवार थानप्रसाद गैरेले विकासको जिम्मा एमालेलाई दिन आह्वान गर्नुभएको छ । आज सुनवल नगरपालिकाको वडा नं.४ का विभिन्न गाउँटोलमा घरदैलो पछि आयोजित कोणसभामा बोल्दै उहाँले उक्त कुरा बताउनुभएको हो ।
नेता गैरेले सुनवलदेखि महलपोखरीसम्मको सडक निर्माण आफ्नो प्राथमिकतामा रहेको बताउनुभयो । धार्मिक तथा पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण स्थल महलपोखरी सडक पूर्वाधारकै कारण ओझेलमा परेको बताउँदै उहाँले सुनवलदेखि महलपोखरी हुँदै पाल्पासम्मको सडक निर्माणलाई पूर्णता दिन सके यस क्षेत्रका जनताको जीवनस्तर उकासिनुका साथै पर्यटकको आकर्षण पनि बढ्ने बताउनुभयो ।
उहाँले तुरिया नदीको नियन्त्रण, सिँचाईको प्रबन्ध लगायत यस क्षेत्रमा रहेका समस्या समाधानका लागि एमालेले जित्नुपर्ने बताउनुभयो । आफ्नो जीवनकाल  नै जनताको सेवामा बितेकोले बाँकी जीवन पनि जनताको प्रतिनिधि भएर जनताको सेवकको रुपमा यस क्षेत्रको उन्नती र विकासमा योगदान गर्न चाहेकोले यसपटक अवसर दिएर हेर्न उहाँले आग्रह गर्नुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस