२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

नवलपरासी–२ मा एमाले–जसपा र जप्रपाको संयुक्त प्रतिबद्धता सार्वजनिक,यस्तो छ प्रतिबद्धता(पूर्णपाठसहित)

२०७९ कार्तिक १९, शनिबार प्रकाशित ( साल अघि) १३३६ पाठक संख्या

परासी, १९ कात्तिक । पश्चिम नवलपरासी क्षेत्र नं.२ मा नेकपा एमाले,जनता समाजवादी पार्टी(जसपा) र जनता प्रगतिशील पार्टी(जप्रपा)को तीन दलीय तालमेलको तर्फबाट आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई मध्यनजर गर्दै प्रतिबद्धतापत्र सार्वजनिक गरिएको छ ।
तीन दलीय तालमेलको तर्फबाट सार्वजनिक गरिएको प्रतिबद्धता पत्रमा बृहत बुद्धसर्किटदेखि विशेष आर्थिक क्षेत्र निर्माणसहित कृषि क्याम्पस स्थापनासम्मका प्रतिबद्धता समावेश छन् । तीन दलीय तालमेलको ८४ बुँदे प्रतिबद्धता पत्रमा भौतिक विकासलाई उच्च प्राथमिकता दिएको छ ।
तीन दलले गौरवको योजनाको रुपमा यस क्षेत्रमा रहेका धार्मिक, पर्यटकीय तथा पुरातात्विक महत्वका स्थलहरु रामग्राम स्तुप, पण्डितपुुर,बैरागनाथ,देवदह ताल तरगौली,कृष्णधाम, महलपोखरी,बाबा बर्दगोरिया, मामिसतिसबरिया,तुल्सीनगर सीमसार,बुलबुले ताल सरावल,जावा कोलवृक्ष,शिव दिव्यधाम,पाल्हीभगवती मन्दिर र नन्दनताललाई जोड्ने गरी बृहत बुद्ध सर्किट निर्माण गर्ने योजना अघि सारिएको छ ।
लुम्बिनी चिनी उद्योग परिसर सुनवलमा विशेष आर्थिक क्षेत्र निर्माण गर्ने प्रतिवद्धता गरिएको छ भने रामग्राम स्तूप क्षेत्रको विकासका लागि वृहत कार्यक्रम लागू गर्ने प्रतिबद्धता जनाईएको छ । बहुउद्देश्यीय उद्यम विकास केन्द्र स्थापना गरी सञ्चालन गर्ने,सम्भाव्य सामुदायिक वनमा आकर्षक वाटीका सहितको चिडियाखाना निर्माण गर्ने,पाल्हीनन्दनमा कृषि क्याम्पस सञ्चालन गर्ने र तुल्सीनगरमा प्राकृत्तिक चिकित्सासहितको आयुर्वेद अस्पताल निर्माण गर्ने योजना अघि सारिएको छ ।
तीन दलीय तालमेलको तर्फबाट यस निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार नेकपा एमालेका जिल्ला अध्यक्ष दीपेन्द्र कुमार अधिकारी हुनुहुन्छ भने प्रदेशसभा १ बाट लुम्बिनी प्रदेशसभा सदस्य पदका उम्मेदवार एमाले प्रदेश सदस्य थानप्रसाद गैरे र प्रदेशसभा २ बाट लुम्बिनी प्रदेशसभा सदस्य पदका उम्मेदवार जसपा जिल्ला अध्यक्ष धरेन्द्र यादव हुनुहुन्छ ।
यस्तो छ तीन दलीय तालमेलको प्रतिबद्धतापत्र

1

1

2

2

3

3

4

4

5

5

6

6

7

7

8

8

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस