२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

पश्चिम नवलपरासीमा यी हुन् एमालेका उम्मेदवार

२०७९ आश्विन २१, शुक्रबार प्रकाशित ( साल अघि) ७९२ पाठक संख्या

नवलपरासी,२१ असोज । नेकपा एमालेले लुम्बिनी प्रदेशको पूर्वी रुकुमबाहेक सबै जिल्लाको उम्मेदवार टुंगो लगाएको छ । जसपा र राप्रपासँग तालमेल हुने क्षेत्र छुट्याएर एमालेले टिकट वितरण गरेको हो ।

एमालेले पश्चिम नवलपरासीको क्षेत्र नं. १ मा तालमेलका लागि छुट्याएको छ । प्रदेशसभा तर्फ (क) मा पुन्यप्रसाद पौडेल र (ख) मा दीपकराज शर्मालाई टिकट दिईएको छ ।

पश्चिम नवलपरासी क्षेत्र नं. २ मा पार्टीका जिल्ला अध्यक्ष दीपेन्द्रकुमार अधिकारीले टिकट पाउनु भएको छ। प्रदेशसभा तर्फ (क) थानप्रसाद गैरे र (ख) तालमेलका लागि छुट्याइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%२%२%

प्रतिक्रिया दिनुहोस