मात्तिएर सडक भरी पोखिएको छ तातो घाम
एका बिहानै
दिनभर नाङ्गा पैताला टेकेर
सडकै सडक हिंडिरहन्छ घाम मधेसमा
तातो मान्छे हिंडिरहन्छ एताबाट उता
फेरि उताबाट एता
तातो मान्छे
तातातो पसिनाले नुहाउछ दिनभर
एकोहोरो उदाउछ अस्ताउछ फेरि उदाउछ…
घाम जस्तै । मान बहादुर खड्का प्रमुख प्रशासकीय अधिकृत रामग्राम नगरपालिका