२०८३ जेष्ठ २५, सोमबार
24 खबर अपडेट

राँको माथि नयाँ बिहान

२०८२ कार्तिक १६, आईतबार प्रकाशित ( महिना अघि) ६४३ पाठक संख्या

                                                                                                                     याम बहादुर थापा मगर

सिंहदरबारको ढुंगामा
कालो धुवाँको कथा लेखिएको छ
तर राखमाथि पनि पलाउँछ हरियो घाँस,
जहाँ जल्यो अत्याचार, त्यहीँ अंकुरिन्छ आशा।

 

संसदको खरानीबाट उठ्ने आवाजले भन्छ ।
अब नढोङ गरौं, नछलौं जनता,
अब नबनाऊँ गोप्य कोठा, बनाऊँ पारदर्शी स्वप्न।

 

सर्वोच्च अदालतको ढलेको
ढोका होइन पराजयको संकेत,
त्यो हो न्यायको पुनर्जन्मको ढोका
जहाँ सत्यले फेरि टेवा पाउँछ।

 

अब समृद्ध नेपाल जलनबाट होइन,
सृजनाबाट जन्मिन्छ ।
नयाँ विचार, नयाँ प्रविधि, नयाँ चेतनाले सिंचित।

 

हामीले निर्माण गर्नुपर्छ देश होइन केवल भवन,
तर मन — जसमा नघृणा होस्, नलालच।
ढुंगा र पत्थरको सुगन्धमा पनि भविष्यको फूल फुलोस्
नेपाल फेरि उठोस्, उज्यालोको देश बन्छ,
जहाँ सिंहदरबार जनताको हृदयमा बसोस्।

 

बागलुङ नगरपालिका – १०, भकुण्डे, धौलेचउर, बागलुङ

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस