२०८३ भाद्र २७, शनिबार
24 खबर अपडेट

ज्ञानज्योति एकेडेमी भूमहीमा जुरेस र बालक्लव गठन

२०८३ भाद्र २७, शनिबार प्रकाशित ( घण्टा अघि) २५ पाठक संख्या

परासी, २७ भदौ । पश्चिम नवलपरासीको सुनवल–१२ भूमहीस्थित ज्ञानज्योति एकेडेमीमा जुनियर रेडक्रस सर्कल र बाल क्लव गठन गरिएको छ । विद्यालयमा आयोजित छुट्टाछुट्टै कार्यक्रमाबाट जुरेस र बाल क्लव गठन गरिएको विद्यालयले जनाएको छ ।
विद्यालयमा सक्रिय ज्ञानज्योति जुनियर रेडक्रस सर्कलको अध्यक्षमा कक्षा नौ का छात्र सृजन न्यौपाने चयन भएका छन् । जसको उपाध्यक्षमा सुभद्रा ढकाल, सचिवमा दीपा पाण्डे,सहसचिवमा सुशान्त बस्याल र कोषाध्यक्षमा माधवी पाण्डेय चयन भएका छन् भने सदस्यमा पुजा न्यौपाने, शान्ति डुम्रे,श्रेया ढकाल, सविन सापकोटा, दिलसन चालिसे, रिशिका कँडेल रहनुभएको विद्यालयका शिक्षक भोजराज पौडेलले जानकारी दिनुभयो । यस्तै सर्कलको शिक्षक नायकमा सागर लामिछाने चयन हुनुभएको छ ।
विद्याथी सिम्रन क्षेत्रीको अध्यक्षता तथा विद्यालयका प्रधानाध्यापक भेषराज न्यौपानेको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा शिक्षकहरु भोजराज पौडेल, प्रेमबहादुर क्षेत्री,चेतनाथ भण्डारी,कमला ढकाल,निर्मला लामिछाने,सागर लामिछाने लगायतको पनि सहभागिता थियो ।
यस्तै सोही विद्यालयमा रहेको ज्ञानज्योति बाल क्लवको अध्यक्षमा समिर भुसाल चयन हुनुभएको छ । बाल क्लवका अध्यक्ष समिर भुसालको अध्यक्षता तथा प्रधानाध्यापक न्यौपानेको प्रमुख आतिथ्यमा विद्यालयमा आयोजित भेलाबाट पुनःसमिर भुसालकै नेतृत्वमा नयाँ समिति गठन गरिएको छ ।
नवगठित समितिको उपाध्यक्षमा अंकिता न्यौपाने,सचिवमा रिदम न्यौपाने,सहसचिवमा सविना सापकोटा,कोषाध्यक्षमा अंिकत चापागाइ तथा सदस्यमा विष्णु तिवारी, आरती पराजुली,अनुप चापागाइ, सुविन सापकोटा,रिनेन्सा लामिछाने,रामप्रसाद भण्डारी लगायत रहेका छन् । क्लवको फोकल शिक्षकमा चेतनाथ भण्डारी रहनुभएको छ ।
भेलामा शिक्षकहरु भोजराज पौडेल,कमला ढकाल,निर्मला लामिछाने,सागर लामिछाने,चेतनाथ भण्डारी,क्षितिज थेवे लगयातको सहभागिता थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस