२०८१ कार्तिक २, शुक्रबार
24 खबर अपडेट

घाँडो भयो कोरोना

२०७८ बैशाख १८, शनिबार प्रकाशित ( साल अघि) ११२२ पाठक संख्या

भविश्वर पराजुली
सुनवल- १३ घिउडल्ला
पश्चिम्  नवलपरासी

उकुस मुकुस कति घाँडो भयो कोरोना।
मुटु भित्र भित्रै घोच्ने कांडो भयो कोरोना।।
आधुनिक बिज्ञानले खै के नै बनायो र।
रकेट लाई उछिन्दै चांडो भयो कोरोना।।
बनारसको गल्ली मा सिंगुरी खेले जस्तो।
कसैलाई नि नटेर्ने सांडो भयो कोरोना।।
आंसुको मुल्य गरि खरिदारिको अड्डामा ।
कसैलाई कमाउने भांडो भयो कोरोना।।
आकास पाताल बांधी भेरी लाइदेउन।
राजनिति जगाउने खांडो भयो कोरोना।।
तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
७%१%

प्रतिक्रिया दिनुहोस