२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

भण्डारीद्धारा जन्मदिनको अवसरमा बालबालिकालाई शैक्षिक सामग्री वितरण

२०७८ फागुन १, आईतबार प्रकाशित ( साल अघि) ८१९ पाठक संख्या

परासी, १ फागुन । युनियन लाईफ ईन्स्योरेन्स कम्पनी लिमिटेड परासी शाखाका प्रमुख कुलचन्द्र भण्डारीले आफ्नो व्यक्तिगत खर्चबाट विपन्न तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्नुभएको छ ।
भण्डारीले आफ्नो ३८ औँ जन्मोत्सवको अवसर पारी सुनवल नगरपालिका ७ स्थित अमर ज्योति आधारभूत विद्यालयमा अध्ययनरत १० जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्नुभएको हो ।
जन्मदिनको अवसरमा हुने फजुल खर्च कटाएर विपन्न तथा जेहेन्दार विद्यार्थीको पढाईमा सहयोग गरेको भण्डारीले बताउनुभयो । जन्मदिनमा केक काट्ने तथा अनावश्यक भोज गरेर फजुल खर्च गर्ने क्रियाकलापले समाजमा सकरात्मक सन्देश नजाने गरेकोले भविष्यका कर्णधार बालबालिकाका लागि आफूले सानो भएपनि सहयोग गर्न पाएकोमा खुशी लागेको उहाँले बताउनुभयो । विद्यार्थीको शैक्षिक उन्नतीमा खर्च गर्न पाएकोमा गौरव लागेको बताउँदै उहाँले समाज परिवर्तनको सुरुवात आफैले गर्नुपर्नेमा जोड दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%४%१%

प्रतिक्रिया दिनुहोस