२०८१ पौष ७, आईतबार
24 खबर अपडेट

सरावलमा लैंगिक हिंसा विरुद्धकाे अभियानमा विभिन्न कार्यक्रम

२०८१ मंसिर २५, मंगलबार प्रकाशित ( हफ्ता अघि) ११८ पाठक संख्या

सरावल,२५ मंसिर । लैगिंक हिंसा विरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियान सरावल गाउँपालिका,नवलपरासि पश्चिममा सचेतनामूलक कार्यक्रम गरि मनाईएकाे छ ।
अभियानकाे मंसिर १० गते गाउँपालिकाकाे सभाहलमा एक कार्यक्रम गरि उद्घाटन गरिएकाे थियाे । गाउँपालिकास्तरीय महिला सञ्जाल, बेस नेपाल, असल छिमेकी नेपाल संस्थाकाे समन्वयमा अभियानका अवसरमा गाउँपालिकाका ७ वटै वडामा लैगिंक हिंसा विरुद्ध सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएकाे गाउँपालिकाका राजन बस्यालले जानकारी दिनुभयाे ।
करिब ४०० महिला, पुरुष सहभागी कार्यक्रममा लैगिंक हिंसा विरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियान र यसकाे उद्वेश्य,  लैगिंक हिंसा, यसकाे कारण र असर, कानुनि व्यवस्था लगायतका विषयमा पत्रकार शान्ति बि.क.ले सहजिकरण गर्नुभएको थियाे ।
अभियानकाे एक कार्यक्रमका बिच मंसिर २५ गते समापन गरिएको छ । सरावल गाउँपालिकाका उपाध्यक्ष बासमति हरिजनकाे अध्यक्षता र जिल्ला  समन्वय समिति प्रमुख भगाैति यादवकाे प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियाे ।
साे अवसरमा बाेल्दै जिल्ला समन्वय समिति प्रमुख यादवले लैगिंक हिंसा अन्त्यका लागि सचेतनामूलक कार्यक्रम निरन्तर गर्नुपर्ने बताउदै सचेत नागरिक हिंसा विरुद्ध एकजुट हुनुपर्नेमा जाेड दिनुभयाे ।
गाउँपालिकाका अध्यक्ष सुखाडि प्रसाद चाैधरिले म हिंसा गर्दिन, म हिंसा सहन्न र म हिंसाकाे प्रतिकार गर्दछु भनी व्यक्ति स्वयम् प्रतिबद्ध हुन सकेमा लैगिंक हिंसा कम गर्न सकिने दाबि गर्नुभयाे ।
उपाध्यक्ष हरिजनले लैगिंक हिंसाबाट सबैभन्दा बढि महिला पिडित भईरहेकाे बताउदै यसलाई कम गर्न आर्थिक सशक्तीकरण एक महत्त्वपूर्ण कुरा भएको बताउनु भयाे ।
कार्यक्रमकाे सञ्चालन जमुना चाैधरिले गर्नुभएको थियाे ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस