२०८२ आश्विन १, बुधबार
24 खबर अपडेट

असल कृषि अभ्यास, पोषण तथा जलवायु स्मार्ट कृषि प्रवद्र्धन सम्बन्धी प्राविधिक तालिम सम्पन्न

२०८१ मंसिर १, शनिबार प्रकाशित (0 महिना अघि) ४२९ पाठक संख्या

परासी, १ मंसिर । असल कृषि अभ्यास, पोषण तथा जलवायु स्मार्ट कृषि प्रवद्र्धन सम्बन्धी तीन दिवसीय अभिमुखीकरण तथा प्राविधिक तालिम पश्चिम नवलपरासीमा सम्पन्न भएको छ । आईडिईको आर्थिक सहयोगमा एकिकृत हातेमालो समाज नेपालको आयोजनामा सुनवलस्थित रिवर्न होटलमा सञ्चालित उक्त तालिम शुक्रबार सम्पन्न भएको हो ।
तालिममा पोषण मार्फत जीवन रुपान्तरण परियोजना लागू भएक नवलपरासीको सुस्ता,प्रतापपुर, सरावल र पाल्हीनन्दन गाउँपालिकाका १३ जना समुदाय व्यवसाय सहजकर्ता(सिबीएफ)हरुको सहभागिता रहेको थियो । तालिममा पोषण, कृषि खेती, पशुपालन लगायतका प्राविधिक तालिमका साथै सिबीएफहरुको भूमिका लगायतका विषयमा प्रशिक्षण प्रदान गरिएको एकिकृत हातेमालो समाज नेपाल नवलपरासीका तथ्यांक अधिकृत मीन रानाले जानकारी दिनुभयो ।
तीन दिनसम्म सञ्चालित उक्त तालिममा स्वास्थ्य कार्यालय नवलपरासीका प्रमुख गौरव ढकालले पोषण, सरसफाइ र भिटामिन,कृषि ज्ञान केन्द्र नवलपरासीका नविन गैरे, उमाशंकर पौडेल र नवराज घिमिरेले असल कृषि खेती,होम गार्डेन,आईपिएम,वातावरणीय अनुकुल कृषि खेती,नर्सरी व्यवस्थापन, खाद्य सुरक्षा सम्बन्धि तथा भेटेरेनरी तथा पशु सेवा विज्ञ कार्यालयका डा. विभुती सिंहले कुखुरापालन तथा पशुपालनको विषयमा प्रशिक्षण दिनुभएको थियो ।
यस्तै संस्थाको तर्फबाट सिनियर सुपरीवेक्षक अच्युतराज खनाल,आईडिईका कार्यक्रम संयोजक विजय पौडेलले सिबिएफको भूमिका,सियानका तथ्यांक अधिकृत मीन रानाले सहजकर्ताहरुलाई व्यवसाय,बिक्री र बजारीकरण एवं रामाशंकर पाण्डेले झोलमोल लगायतका विषयमा प्रशिक्षण प्रदान गर्नुभएको संस्थाका वास सहजकर्ता दीपेश सिग्देलले बताउनुभयो ।

T1

सियानका कार्यकारी निर्देशक भाष्कर कुमार अधिकारीको अध्यक्षतामा भएको तालिम समापन कार्यक्रममा निर्देशक अधिकारीले तालिमपछि सहजकर्ताहरुको समुदायप्रति जिम्मेवारी थपिएको बताउँदै समुदायमा सेवाको भावनाले काम गर्न आग्रह गर्नुभयो । आफ्नो स्थानीय क्षेत्रहरुमा सरसफाइ र कृषि सम्बन्धि सहजीकरण गर्न आग्रह गर्दै उहाँले शुभकामना व्यक्त गर्नुभएको थियो । तालिमको सञ्चालन तथा सहजीकरण फिल्ड सुपरभाईजर स्मृति ढकाल र श्वेता कलवारले गर्नुभएको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस