२०८१ भाद्र ३१, सोमबार
24 खबर अपडेट

लागूऔषधसहित पक्राउ परे प्रतापपुरका यादव

२०८१ श्रावण १६, बुधबार प्रकाशित ( महिना अघि) २५२ पाठक संख्या

मोहन पौडेल
परासी, १६ साउन । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–१ भिठ्ठाका २८ वर्षीय अजय यादव लागूऔषधसहित पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय सेमरीको टोलीले प्रतापपुरकै बाउन्नगढिबाट यादव लागूऔषधसहित पक्राउ परेका हुन् ।
पक्राउ परेका यादव विरुद्ध लागूऔषध सम्बन्धि कसूर मुद्धा दर्ता गरि आवश्यक अनुसन्धान थालिएको जिल्ला प्र्रहरी कार्यालय परासीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रेशम बोहराले जानकारी दिनुभयो । प्रतापपुरको अमहवादेखि गोपिगञ्जतर्फ मोटरसाईकलमा आउँदै गर्दा लागूऔषध फेला परेपछि यादवलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
डिएसपी बोहराका अनुसार उनको साथबाट प्रोक्सिको स्पास ४७७ ट्याब्लेट,नाईट्रभेट ८८ ट्याब्लेट,ओनरेक्स १०० एमएलको ३ सिसी,साईरिङ्गे ३ थान प्रतिबन्धित लागूऔषध बरामद गरिएको छ । प्रहरीले यादवले प्रयोग गरेको यूपी ५६ एक्स ००४२ नम्बरको भारतीय नम्बर प्लेटको मोटरसाईकल र एक थान मोबाईलसमेत नियन्त्रणमा लिएको जनाएको छ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस