२०८१ आश्विन ३, बिहिबार
24 खबर अपडेट

सुनवल नगर प्रमुख अर्यालद्धारा रक्षाबन्धन,जनैपूर्णिमा र गाईजात्रा पर्वको शुभकामना व्यक्त

२०७९ श्रावण २६, बिहिबार प्रकाशित ( साल अघि) ३१२ पाठक संख्या

परासी, २६ साउन । पश्चिम नवलपरासीको सुनवल नगरपालिकाकी प्रमुख (मेयर ) बिमला अर्यालले रक्षाबन्धन एवं जनै पूर्णिमा तथा गाईजात्रा पर्वको अवसरमा सम्पूर्ण नगरवासीलाई शुभकामना व्यक्त गर्नुभएको छ ।
हरेक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने जनैपूर्णिमा तथा रक्षाबन्धन पर्वको अवसरमा सम्पूर्ण नगरवासी दाजुभाइ, दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको हो ।
नगर प्रमुख अर्यालले आज शुभकामना सन्देश जारी गर्दै यश क्षेत्रमा विशेष उत्सवको रुपमा उत्साह र उमङ्गका साथ मनाउने रक्षा बन्धनले मौलिक परम्परा र सांस्कृतिक महत्व बोकेको उल्लेख गर्दै यो पर्व तागाधारी समुदायले मात्रै नभई विभिन्न समुदायले मनाउने गरेको हुँदा यस पर्वको विशेष महत्त्व रहेको बताउनुभएको हो  ।
यसैगरी भाद्र कृष्णपक्षको प्रतिपदामा नेवार समुदायले मनाउने पवित्र र मौलिक पर्व गाईजात्राको अवसरमा पनि नगर प्रमुख अर्यालले शुभकामना व्यक्त गर्नुभएको झ । उहाँले नेपाल बहुजाति, बहुभाषिक र बहुसांस्कृतिक देश भएकाले यस्ता पर्वले सामाजिक, सांस्कृतिक र जातीय एकता कायम गर्दै आपसी सद्भावलाई प्रगाढ बनाउने विश्वास व्यक्त गर्नुभयो ।
यो पर्वले अन्तराष्ट्रिय स्तरमा पनि नेपाली संस्कृतिको  सकारात्मक प्रचार गर्ने काम गरेको बताउँदै उहाँले यसले मृतकको र मृतकका आफन्तको पनि मनमा शान्ति पुर्याउने काम गरेको उल्लेख गर्नुभएको छ ।
अर्यालले पछिल्लो समय कोरोना फेरि बढ्दो क्रममा रहेकोले  चाडपर्व मनाउँदा स्वास्थ्य मापदण्डको पूर्णरूपमा पालना गर्न नगरवासीलाई आग्रह पनि गर्नुभएको छ ।
यसवर्ष जनैपूर्णिमा र गाईजात्रा एकैदिन परेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार जनैपूर्णिमा र गाईजात्रा शुक्रबार एकैदिन परेको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस