२०८३ बैशाख १२, शनिबार
24 खबर अपडेट

नवलपरासीमा महिला नेतृत्वमा जलवायु-मैत्री पहल : नेपाल रेडक्रस र क्यानडियन रेडक्रसको सहयोग

२०८३ बैशाख १२, शनिबार प्रकाशित ( घण्टा अघि) ५६ पाठक संख्या

नेपाल रेडक्रस सोसाइटी (NRCS) र क्यानडियन रेडक्रस(CRC) को सहयोगमा नवलपरासी पश्चिममा रहेका तीन वटा महिला जलवायु तथा स्वास्थ्य समूहहरूलाई स्थानीय स्तरमा आधारित जलवायु-मैत्री पहलहरू प्रवर्द्धन गर्न बीउ पूँजी (Seed Funding) प्रदान गरिएको छ।

यो सहयोगले महिलाहरू स्वयंले पहिचान र नेतृत्व गरेको जलवायु–मैत्री “विषादी-मुक्त” (Chemical-free) जैविक खाद्य उत्पादन तथा घरमै तरकारी खेती (Kitchen Gardening) लाई प्रोत्साहन गर्ने उद्देश्य राखेको छ।

बीउ पूँजी र कृषि सामग्री वितरण अघि रामग्राम नगरपालिका वडा नं. १२ र १४ तथा सरावल गाउँपालिका वडा नं. २ का ६१ जना महिला च्याम्पियनहरूलाई दुई दिने “ महिला नेतृत्वमा आधारित जलवायु-मैत्री स्वास्थ्य समाधानसम्बन्धी क्षमता अभिवृद्धि तालिम” प्रदान गरिएको थियो। उक्त तालिमले उनीहरूलाई जलवायु-प्रतिरोधी घरेलु खाद्य प्रणाली सुरु गर्न र दिगो रूपमा सञ्चालन गर्न आवश्यक व्यवहारिक र प्राविधिक ज्ञान र सीप प्रदान गर्‍यो।

यस सीपलाई आधार बनाएर महिलाहरूले आफ्नै घरमै किचन गार्डेन सुरु गरेका छन्, जसले पोषण सुधार, वातावरणीय दिगोपन तथा घरेलु स्तरको जलवायु सहनशीलता वृद्धि गर्न सहयोग पुर्‍याएको छ। तस्वीरमा रामग्राम- १४, कासिया निवासी महिला च्याम्पियन राम कुमारी थारु देखिन्छिन्, जसले तालिमबाट प्राप्त सीपलाई व्यवहारमा उतारी आफ्नो घरमै सुन्दर करेसाबारी विकास गरेकी छन्।

यसले कार्यक्रमको वास्तविक प्रभावलाई स्पष्ट रूपमा देखाउँछ। उनी भन्छिन्, “बीउ पूँजी सहयोग पाएपछि म करेसाबारी अझ विस्तार गर्नेछु रासायनिक विषादी बिना जैविक कीट नियन्त्रण विधि प्रयोग गर्नेछु।

क्यानडियन रेडक्रस र नेपाल रेडक्रस सोसाइटी (NRCS) टोलीद्वारा समुदाय–स्तरका पहलहरूको प्रगति मूल्याङ्कनका लागि गरिएको अनुगमन भ्रमणका क्रममा क्षेत्रीय सत्यापन (Field Verification)

क्यानडियन रेडक्रस र नेपाल रेडक्रस सोसाइटी (NRCS) टोलीद्वारा समुदाय–स्तरका पहलहरूको प्रगति मूल्याङ्कनका लागि गरिएको अनुगमन भ्रमणका क्रममा क्षेत्रीय सत्यापन (Field Verification)

सरसफाइ तथा वातावरणीय स्वास्थ्य प्रवर्द्धनका लागि सबै ६१ जना महिला च्याम्पियनहरूलाई स्वच्छता किट वितरण गरिएको थियो। सहभागीहरूको सक्रियता, तयारी र संलग्नताका आधारमा २४ जना महिला च्याम्पियनहरूलाई थप बीउ पूँजी प्रदान गरिएको छ।

यसका साथै, कार्यक्रम अन्तर्गत आठ जना मेन्टीहरूलाई निरन्तर मार्गदर्शन गर्ने संरचित मेन्टरशिप प्रणाली पनि समावेश गरिएको छ। यसमा स्थानीय तहका उपमेयर, स्वास्थ्य संस्था प्रमुख, उपाध्यक्ष तथा एनआरसीएस केन्द्रीय कार्यालय अन्तर्गतका मेन्टरहरूको सक्रिय सहभागिता रहेको छ। यसले समुदाय र संस्थागत संरचना बीचको सम्बन्धलाई मजबुत बनाउँदै निरन्तर सिकाइ, जवाफदेहिता र दिगोपन सुनिश्चित गरेको छ।

यो बहुस्तरीय सहयोग प्रणालीले महिला नेतृत्वमा आधारित समुदाय-केन्द्रित पहलहरूले जलवायु सहनशीलता, दिगो कृषि, सरसफाइ तथा जनस्वास्थ्य सुधारमा प्रभावकारी योगदान पुर्‍याउन सक्छ भन्ने कुरा प्रमाणित गरेको छ।

सिमरन उपाध्याय

क्यानडियन रेडक्रस (CRCS)

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस