२०८३ आश्विन ६, मंगलबार
24 खबर अपडेट

एकतर्फी घोषणा गरिएको पार्टी समायोजन मान्दैनौं,चौधरीलाई कारबाही गरियोस् : लोसपा नवलपरासी

२०८३ आश्विन ६, मंगलबार प्रकाशित ( घण्टा अघि) १४८ पाठक संख्या

परासी, ६ असोज । पश्चिम नवलपरासीमा जसपा नेपाल र लोसपा नेपालबीच भएको एकतालाई तत्कालिन लोसपा समूहले एकपक्षीय भन्दै अस्विकार गरेको छ ।

पाल्हीनन्दनको लोहरौलीमा मंगलबार सम्पन्न लोसपाको साविक जिल्ला कार्यसमितिको बैठकले जसपा नेपालले आफूहरुलाई जानकारी नै नदिइ एकतर्फी रुपमा पार्टी समायोजन गरिएको घोषणा गरेको भन्दै उक्त कार्य अवैधानिक र गैरकानूनी कार्य रहेको ठहर गरेको हो।

लोसपा अध्यक्ष मुकरजी गिरीले पार्टीको नाम समावेश गरी एकतर्फी रुपमा गरिएको समायोजन अमान्य भन्दै आपत्ति जनाउनुभयो । उहाँले गैरकानूनी एकता तत्काल खारेज गर्न पार्टीका सरक्षक महन्थ ठाकुरलाई आग्रह गर्ने निर्णय गरिएको जानकारी दिनुभयो ।

सोमबार रामग्रामको बैरिहवामा आयोजित समायोजन समारोहबाट धरेन्द्र यादवको नेतृत्वमा ७१ सदस्यीय जिल्ला कार्यसमिति घोषण गरिएको थियो। बैठकले उक्त गैरकानूनी समायोजन गराउने कार्यमा संलग्न रहेको भन्दै पार्टीका केन्द्रिय कार्यकारीणी सदस्य पुरन चौधरीलाई कारवाही गर्न समेत माग गरेको छ। लोसपाका केन्द्रिय उपमहासचिव रहेका चौधरी पार्टी समायोजन पछि जसपा नेपालको केन्द्रिय कार्यकारीणी सदस्य बन्नुभएको हो ।

चौधरीले पर्यवेक्षकको रुपमा सहभागि भएर आफूले प्रतिनिधित्व गरेको लोप्प्रपा समूहसँग समन्वय नै नगरी पार्टी समायोजन घोषणामा सहभागि भएको अध्यक्ष गिरीको दाबी छ ।
चौधरी समेत सलग्न उक्त कार्यबाट पार्टी संगठन कमजोर बनाउन खोजिएकोले चौधरीलाई पार्टीको जिम्मेवारीबाट तत्काल निलम्बन गर्न सरक्षक ठाकुरको ध्यानाकर्षण गराउने निर्णय बैठकले गरेको उहाँले उल्लेख गर्नुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस