२०८३ आश्विन ६, मंगलबार
24 खबर अपडेट

पाल्हीनन्दनमा कुटपिटबाट घाइते गुप्ताको मृत्यु,एकजना पक्राउ

२०८३ आश्विन ६, मंगलबार प्रकाशित ( घण्टा अघि) ३६२ पाठक संख्या

परासी,६ असोज । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–५ गेर्मीमा कुटपिटबाट घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा स्थानीय ३० वर्षीय संजय गुप्ता रहेका छन्।
कुटपिटमा संलग्न सोही स्थानका ३० वर्षीय सुनिल प्रसाद गुप्तालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी मदन थापाले जानकारी दिनुभयो ।
उहाँका अनुसार भदौ २९ गते साँझ करिब ६ः४० बजे मदिरा सेवन गरी सुनिलको घरमा पुगेका संजय र सुनिलबीच विवाद भएपछि कुटपिट भएको प्रहरीले जनाएको छ।
कुटपिटका क्रममा संजयको दाहिने कानमा भित्री चोट लाग्नुका साथै कानबाट रगत बगेपछि तत्काल उपचारका लागि जिल्ला अस्पताल परासीमा सामान्य उपचारपछि थप उपचारका लागि भैरहवा मेडिकल कलेजमा रिफर गरिएको थियो।
मेडिकल कलेजमा उपचार भइरहेको अवस्थामा आज बिहान करिब ५ः३० बजे संजयको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनामा संलग्न रहेको आरोपमा सुनिल प्रसाद गुप्तालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको डीएसपी थापाले जानकारी दिनुभयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
३%१%

प्रतिक्रिया दिनुहोस