२०८३ आश्विन १७, शनिबार
24 खबर अपडेट

भगडामा वडा स्तरीय भलिबल सुरु, पालिका अध्यक्ष चौधरीद्धारा उद्घाटन

२०८३ आश्विन १७, शनिबार प्रकाशित (४६ मिनेट अघि) ५० पाठक संख्या

मोहन पौडेल
परासी,१७ असोज । पश्चिम नवलपरासीको सरावल गाउँपालिका–१ भगडामा जितिया पर्वको अवसर पारेर प्रथम अमरनारायण स्मृति कप वडा स्तरीय भलिबल प्रतियोगिता आयोजना गरिएको छ।
खेलकुदको विकास, युवाको प्रतिभा पहिचान तथा आपसी सद्भाव र एकता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा २२ टोली सहभागी छन्।
हरियाली जनकल्याण संस्था भगडाको आयोजनामा सुरु भएको प्रतियोगिताको उद्घाटन सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीले गर्नुभएको हो। प्रतियोगिता असोज १९ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।

IMG 20261003 WA0002

प्रतियोगिताको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष चौधरीले खेलकुद युवाको शारीरिक तथा मानसिक विकाससँगै अनुशासन, एकता र सहकार्यको भावना अभिवृद्धि गर्ने महत्वपूर्ण माध्यम भएको बताउनुभयो।

उहाँले स्थानीय स्तरमा यस्ता प्रतियोगिता आयोजना हुँदा ग्रामीण क्षेत्रमा लुकेर रहेका खेल प्रतिभाले आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर पाउने उल्लेख गर्नुभयो।

IMG 20261003 WA0006

जितिया पर्वको अवसरमा आयोजना गरिएको प्रतियोगिताले पर्वको सांस्कृतिक महत्वसँगै खेलकुदको उत्साहलाई समेत जोडेको छ।
प्रतियोगिताले स्थानीय युवाबीच आपसी सम्बन्ध प्रगाढ बनाउनुका साथै खेलप्रतिको आकर्षण बढाउने अपेक्षा गरिएको आयोजक हरियाली जनकल्याण संस्थाका अध्यक्ष टीका चौधरीले बताउनुभयो ।
अध्यक्ष चौधरीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा निम नारायण चौधरी, महेन्द्र चौधरी,धुराही चौधरी,कुञ्ज बिहारी कँवर लगायत खेलप्रेमी, स्थानीयवासी तथा विभिन्न टोलीका खेलाडीहरूको सहभागिता रहेको थियो।
प्रतियोगिताका प्रमुख निर्णायक गोविन्द प्रधान रहनुभएको छ।
२२ टोलीबीच हुने प्रतिस्पर्धाले स्थानीय भलिबल खेलाडीलाई आफ्नो खेल कौशल प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै क्षेत्रको खेलकुद विकासमा समेत टेवा पुग्ने विश्वास आयोजकले लिएको छ।

IMG 20261003 WA0005

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


↑