२०८३ आश्विन १४, बुधबार
24 खबर अपडेट

युवा नेतृत्व र संगठन सुदृढीकरणको एजेन्डासहित महाधिवेशन प्रतिनिधिमा ओमप्रकाश यादवको उम्मेदवारी

२०८३ आश्विन १४, बुधबार प्रकाशित (५ घण्टा अघि) ६४ पाठक संख्या

परासी,१४ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पश्चिम नवलपरासी क्षेत्र नं. २ बाट महाधिवेशन प्रतिनिधि पदमा युवा नेता ओमप्रकाश यादवले उम्मेदवारी दिनुभएको छ । महाधिवेशन प्रतिनिधि चयनका लागि बिहीबार मतदान हुँदैछ ।
नेपाली कांग्रेसमा निरन्तर क्रियाशील रहँदै आउनुभएका यादव वि.सं. २०७९ को स्थानीय तह निर्वाचनमा कांग्रेसबाट रामग्राम नगरपालिका–१४ को वडा अध्यक्षमा निर्वाचित हुनुभएको थियो । स्थानीय तहको नेतृत्वमा रहेर काम गरेको अनुभवसहित उहाँ अहिले पार्टीको महाधिवेशन प्रतिनिधिका रूपमा अघि बढ्नुभएको हो ।
पार्टी संगठनमा युवा पुस्ताको सक्रिय सहभागिता बढाउनुपर्ने, कार्यकर्ताको भावना र जनताको अपेक्षालाई पार्टीको मूलधारसँग जोड्नुपर्ने तथा संगठनलाई थप सुदृढ र गतिशील बनाउनुपर्ने विषयलाई प्राथमिकतामा राख्दै आफूले उम्मेदवारी अघि सारेको उहाँले बताउनुभयो ।
स्थानीय तहको जनप्रतिनिधिका रूपमा काम गरेको अनुभव र कांग्रेसमा निरन्तरको सक्रियतालाई आफ्नो राजनीतिक यात्राको आधार बनाउँदै यादवले महाधिवेशन प्रतिनिधिका रूपमा पार्टीको नीति, विचार र संगठन निर्माणमा भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
२%

प्रतिक्रिया दिनुहोस


↑