२०८३ आश्विन १७, शनिबार
24 खबर अपडेट

स्रोत नखुलेको झण्डै ३३ लाख रुपैँयासहित दुई जना पक्राउ

२०७८ श्रावण १८, सोमबार प्रकाशित (५ साल अघि) १०४३ पाठक संख्या

मोहन पौडेल
परासी, १८ साउन । स्रोत नखुलेको झण्डै ३३ लाख रुपैँया नगदसहित नवलपरासी(बर्दघाट सुस्ता पश्चिम) प्रहरीले आज दुई जनालाई नियन्त्रणमा लिएको छ ।
जिल्लाको बर्दघाट नगरपालिका–१२स्थित नारायण चोक–परासी हुलाकी सडक खण्डको भटौलीमा आज दिउँसो लु १६ प ३७२९ नम्बरको मोटरसाईल शङ्का लागि जाँच गर्ने क्रममा स्रोत नखुलेको नेपाली र भारतीय गरी ३२ लाख ९० हजार रुपैँया सहित मोटरसाईकलमा सवार दुई जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा पाल्हीनन्दन गाउँपालिका–२ का ३५ वर्षीय योगेन्द्र यादव र भारतको महाराजगञ्ज जिल्लास्थित ठुटिवारीका २७ वर्षीय समिर खान रहेको जिल्ला प्रहरी कार्यालय परासीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजु लामाले जानकारी दिनुभयो ।
उहाँका अनुसार उनीहरुको साथबाट १८ लाख ५० हजार रुपैँया नेपाली र नौ लाख भारतीय रुपैँया बरामद भएकोे छ । स्रोत नखुलेको कारण आवश्यक अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय पठाउने तयारी गरिएको प्रनाउ लामाले बताउनुभयो । पक्राउ परेका दुवै युवकले आफूहरु भारतको ठुटिबारीस्थित जयसवाल बस्त्रालयमा कार्यरत रहेको बताएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


↑