२०८३ कार्तिक २५, मंगलबार
24 खबर अपडेट

रामग्राम–२ मा माँ भगवती जागरण तथा झाँकीको रौनक, धर्म–संस्कृतिको संरक्षणमा जोड

२०८३ कार्तिक २५, मंगलबार प्रकाशित (२ घण्टा अघि) २९ पाठक संख्या

परासी,२४ कात्तिक । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–२ मा दोस्रो पटक आयोजित माँ भगवती जागरण तथा झाँकी विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
धर्म, संस्कृति र मौलिक परम्पराको संरक्षण, प्रवद्र्धन तथा नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले उद्योग वाणिज्य संघ टोल तथा लक्ष्मी पूजा समितिले कार्यक्रम आयोजना गरेको हो।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य नरेन्द्रकुमार गुप्ताले यस किसिमका धार्मिक तथा सांस्कृतिक गतिविधिले समाजमा सकारात्मक चेतना फैलाउनुका साथै सामाजिक एकता र सद्भाव कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले धर्म–संस्कृतिको संरक्षणसँगै सभ्य, सुव्यवस्थित र भक्तिमय समाज निर्माणका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो।
आयोजक समितिका अध्यक्ष विजय गुप्ताले धर्म र संस्कृतिलाई केवल परम्पराका रूपमा सीमित नराखी नयाँ पुस्तासम्म पु¥याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताउनुभयो। उहाँले यस्ता कार्यक्रमले टोलवासीबीच आपसी एकता, भाइचारा र सद्भाव अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रमको मुख्य आकर्षणका रूपमा भारतको महाराजगञ्जबाट आएका कलाकारहरूले विभिन्न धार्मिक तथा सांस्कृतिक झाँकी प्रस्तुत गरेका थिए। कलाकारहरूको आकर्षक प्रस्तुतिले कार्यक्रममा थप रौनकता थपेको थियो भने झाँकी अवलोकन गर्न उपस्थित भक्तजन तथा दर्शकहरू उत्साहित देखिएका थिए।
कार्यक्रममा नवलपरासी उद्योग वाणिज्य संघका अध्यक्ष नगेन्द्र अग्रहरी, आयोजक समितिका सल्लाहकार गजानन्द पटेल, अनिल गौड, मुकुन्द सुचीकारलगायतले शुभकामना व्यक्त गर्दै धार्मिक तथा सांस्कृतिक परम्पराको संरक्षणमा सामूहिक पहल आवश्यक रहेको धारणा राख्नुभएको थियो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


↑