२०८३ कार्तिक २०, बिहिबार
24 खबर अपडेट

तीनवटा मोटरसाइकल एकापसमा ठोक्किँदा एक युवकको मृत्यु, चार जना घाइते

२०८३ कार्तिक २०, बिहिबार प्रकाशित (४७ मिनेट अघि) १७३ पाठक संख्या

परासी,१९ कात्तिक। पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–३ बेलासपुरस्थित गण्डक नहरको भित्री सडकखण्डमा तीनवटा मोटरसाइकल एकापसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।
विहीबार साँझ करिब ६ः१० बजे बेलासपुर–गोपीगञ्ज गण्डक नहर सडकखण्डमा तीनवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी डिएसपी मदन थापाका अनुसार पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको यूपी ५३ बीभी ९७५३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको यूपी ५६ एक्स ०३३४ नम्बरको मोटरसाइकल सुरुमा एकापसमा ठोक्किएका थिए। सोही क्रममा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको यूपी ५६ एक्स २९४४ नम्बरको अर्को मोटरसाइकलसमेत ठोक्किएपछि भयानक दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा पाल्हीनन्दन गाउँपालिका–४ लोहरौलीका २२ वर्षीय उसमान पठानको मृत्यु भएको छ। गम्भीर घाइते अवस्थामा उपचारका लागि जिल्ला अस्पताल परासी पु¥याइएका पठानलाई चिकित्सकले साँझ नै मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा रामग्राम नगरपालिका–१७ पिपरहियाका १९ वर्षीय ईसराफिल अंसारी र ३९ वर्षीय प्रमोद तेली घाइते भएका छन्। त्यस्तै, पाल्हीनन्दन गाउँपालिका–३ बेलासपुरका १६ वर्षीय मोहम्मद राजा पठान र १७ वर्षीय सत्यम हरिजनसमेत घाइते भएका छन्।
घाइतेमध्ये अंसारी, तेली र मोहम्मद राजा पठानलाई थप उपचारका लागि बुटवलस्थित सिद्धबाबा अस्पताल र सत्यम हरिजनलाई लुम्बिनी सिटी अस्पताल बुटवल रिफर गरिएको प्रहरीले जनाएको छ। दुर्घटनामा संलग्न यूपी ५६ एक्स ०३३४ नम्बरको मोटरसाइकलमा पछाडि सवार रहेका पाल्हीनन्दन–४ लोहरौलीका १८ वर्षीय फिरोज अली देवानलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


↑