२०८३ कार्तिक २२, शनिबार
24 खबर अपडेट

रामग्राम कप क्रिकेट सुरु : उद्घाटन खेलमै रोयल परासी स्ट्राइकर्सको शानदार जित

२०८३ कार्तिक २२, शनिबार प्रकाशित (५४ मिनेट अघि) ३४ पाठक संख्या

परासी,२१ कात्तिक । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–४ जीतपुरस्थित रामग्राम रंगशालामा शनिबारदेखि रामग्राम कप क्रिकेट प्रतियोगिता–२०८३ सुरु भएको छ।
प्रतियोगिताको उद्घाटन खेलमै रोयल परासी स्ट्राइकर्सले उत्कृष्ट प्रदर्शन गर्दै रामग्राम किङ्स क्रिकेट एकेडेमीलाई पराजित गरेको छ।
आगामी कात्तिक २७ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन रामग्राम नगरपालिकाका नगर प्रमुख धनपत यादवले गर्नुभएको थियोे । उद्घाटन खेलमा टस जितेर पहिले ब्याटिङ गरेको रामग्राम किङ्स क्रिकेट एकेडेमीले निर्धारित १२ ओभरमा ४९ रन मात्रै बनाउन सक्यो।

IMG 20261107 WA0084

५० रनको सामान्य लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको रोयल परासी स्ट्राइकर्सले उत्कृष्ट ब्याटिङ गर्दै ९.२ ओभरमै लक्ष्य पूरा गर्‍यो।
सहज जित निकाल्ने क्रममा रोयल परासी स्ट्राइकर्सका अल्केश शर्माले ११ रन बनाउनुका साथै बलिङतर्फ ३ विकेट लिए। उत्कृष्ट अलराउन्ड प्रदर्शन गरेका शर्मा खेलको म्यान अफ द म्याच घोषित भए।

क्लबका सचिव राजन सहानीका अनुसार प्रतियोगितामा ६ टोलीको सहभागिता रहेको छ। स्थानीयस्तरमा क्रिकेट खेलको विकास, खेलाडीको प्रतिभा पहिचान तथा खेलकुद गतिविधिलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो।
रामग्राम रंगशाला उद्घाटन तथा रामग्राम कप सञ्चालन उपभोक्ता समितिको आयोजनामा भइरहेको प्रतियोगितालाई रामग्राम नगरपालिकाले सहयोग गरेको छ भने रामग्राम किङ्स क्रिकेट क्लबले व्यवस्थापकीय जिम्मेवारी सम्हालेको छ।
प्रतियोगिताले स्थानीय क्रिकेट खेलाडीलाई आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्नुका साथै रामग्रामलाई खेलकुदको नयाँ पहिचान दिलाउने अपेक्षा गरिएको क्लबका अध्यक्ष दीलिप कुर्मीले बताउनुभयो ।

IMG 20261107 WA0081

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


↑