२०८३ कार्तिक १९, बुधबार
24 खबर अपडेट

१०औँ राष्ट्रिय खेलकुदका लागि नवलपरासीबाट चार बक्सर छनोट

२०८३ कार्तिक १९, बुधबार प्रकाशित (२ घण्टा अघि) ४५ पाठक संख्या

परासी,१८ कात्तिक । १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि पश्चिम नवलपरासीबाट चार जना बक्सिङ खेलाडी छनोट भएका छन्।
नवलपरासी जिल्ला बक्सिङ संघको आयोजनामा परासीमा सम्पन्न जिल्ला स्तरीय खेलाडी छनोट प्रतियोगिताबाट चार खेलाडी छनोट भएका हुन्।
छनोट हुने खेलाडीहरूमा श्रवणकुमार चौधरी (५५ केजी), धर्मेन्द्र पथरकट, राजन कोइराला र दिपेशकुमार यादव रहेका छन्।
लुम्बिनी प्रदेश बक्सिङ संघका वरिष्ठ उपाध्यक्ष तथा नवलपरासी जिल्ला बक्सिङ संघका अध्यक्ष टेकबहादुर पुन र त्रियोगीनारायण चौधरीको विशेष उपस्थितिमा छनोट कार्यक्रम सम्पन्न भएको आयोजकले जनाएको छ।
कार्यक्रममा खेलाडी छनोटलाई निष्पक्ष, व्यवस्थित र प्रतिस्पर्धात्मक बनाउँदै प्रतिभावान खेलाडीलाई राष्ट्रियस्तरमा आफ्नो क्षमता प्रदर्शन गर्ने अवसर प्रदान गर्नु महत्वपूर्ण रहेकोमा जोड दिइएको थियो।
छनोट भएका खेलाडीहरूले १०औँ राष्ट्रिय खेलकुद प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै नवलपरासी तथा लुम्बिनी प्रदेशको गौरव बढाउने अपेक्षा गरिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस


↑