२०८३ कार्तिक ५, बुधबार
24 खबर अपडेट

आज दसैंको टीका लगाउने दिन : उत्तम साइत बिहान १०ः२६ बजे

२०८३ कार्तिक ५, बुधबार प्रकाशित (१ घण्टा अघि) २० पाठक संख्या

नवलपरासी,४ कात्तिक । आज नेपालीहरुको महान पर्व विजयादशमीको टीका ग्रहण गरी मनाइँदैछ । आजको दिन मान्यजनहरुबाट टीका, जमरा र शुभआशीर्वाद ग्रहण गर्ने उत्तम समय १० बजेर २६ मिनेटमा रहेको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार टीका लगाउने साइत बिहान १०ः२६ बजे छ । समितिका अनुसार देवी विसर्जनको साइत बिहान ८ बजेर ४९ मिनेटमा छ। समितिका अध्यक्ष डा. पुरुषोत्तम भट्टराईका अनुसार विजयादशमीका दिन दिनभर टीका लगाउन साइत छ ।

टीका लगाउँदा कता फर्कने ?

समितिका अनुसार टीका लगाइदिने मान्यजन पूर्व र टीका थाप्ने व्यक्ति पश्चिम दिशा फर्केर बस्नु पर्नेछ । दसैंमा नवदुर्गा भवानीको पूजा–आराधना गरी देवीको प्रसादका रूपमा टीका र जमरा ग्रहण गरिन्छ ।

यसदिन परिवारका सदस्य तथा आफन्तजन एकै ठाउँमा बसेर मान्यजनबाट आशीर्वाद लिने चलन छ । नेपाली समाजमा कोजाग्रत पूर्णिमासम्म  टीका लाउने र आशीर्वाद लिने प्रचलन छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


↑