परासी, २७ पुस । महिला उद्यम केन्द्र तथा व्यवस्थापन समिति सुनवल–१३ नवलपरासीको पाचौँ साधारणसभा तथा तेस्रो अधिवेशन आज सम्पन्न भएको छ । अधिवेशनले नमिता थापाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ ।
समितिको उपाध्यक्षमा तुल्सा बस्याल न्यौपाने, सचिवमा सरस्वती खड्का केसी,कोषाध्यक्षमा गीता पन्त तथा सदस्यहरुमा माया पन्त, मञ्जु चौधरी, कल्पना भण्डारी, कमला शर्मा चापागाई, सीता चापागाई, टंक कुमारी श्रेष्ठ लगायत रहनुभएको निर्वाचन समितिका संयोजक सूर्यप्रसाद न्यौपानले जानकारी दिनुभयो । यस्तै लेखा समितिमा संयोजक श्यामकला भण्डारी र सदस्यमा अनिता पौडेल तथा सरस्वती पराजुली निर्वाचित हुनुभएको छ ।
सुनवल नगरपालिकाका प्रवक्ता एवं वडा नं.१३ का वडा अध्यक्ष कृष्णप्रसाद बगालेको प्रमुख आतिथ्य तथा समितिकी अध्यक्ष नमिता थापाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधि, वडा भित्रका आमा समूहका अध्यक्ष तथा प्रतिनिधि,आजिवन तथा साधारण सदस्य लगायतको उल्लेख्य सहभागिता रहेको थियो ।