२०८३ आश्विन १५, बिहिबार
24 खबर अपडेट

मौलिकताले भरिएको तीज गीत “छोरीलाई तीज” बजारमा (भिडियो)

२०८१ श्रावण २७, आईतबार प्रकाशित (२ साल अघि) ८५९ पाठक संख्या

मोहन पौडेल
परासी, २७ साउन । नेपाली हिन्दु नारीहरुको मूख्य पर्व हरितालिका तीज नजिकिँदै गर्दा बजारमा तीजका गीतहरु सार्वजनिक हुने क्रम बढ्दो छ । पछिल्लो समय समाजले पचाउनै नसक्ने छाडा प्रकृतिका गीतहरुका कारण सांगीतिक क्षेत्र आलोचित हुँदै गईरहेका बेला तीजका गीतको भीडमा छुट्टै पहिचान छोड्ने गरि “छोरीलाई तीज” नामक मौलिक तीज गीत सार्वजनिक भएको छ ।
तीजका गीतमा भित्रिएको विृकतिका कारण चिन्ता बढिरहेको बेला गायक भरत क्षेत्री र महेन्द्र रेग्मीले मौलिकताले भरिएको तीज गीत छोरीलाई तीज बजारमा ल्याउनुभएको हो । पछिल्लो समय घरपरिवारसँगै बसेर हेर्न र सुन्न नसकिने गीतले बजार तातिरहेका बेला आम नागरिकले अश्लिलता हटाएर मौलिकपना भरिएको गीतको माग गरिरहेको सन्दर्भमा मौलिकता भरिएको छोरीलाई तीज नामक गीत सार्वजनिक गरिएको हो ।
भरत क्षेत्री यूट्युब च्यानलबाट आईतबार सार्वजनिक गरिएको यस गीतमा देवी घर्ति र महेन्द्र रेग्मीको स्वर सुन्न पाईन्छ भने शब्द संगीत महेन्द्र रेग्मीको रहेको छ । भरत क्षेत्री र बिमला न्यौपानेको मूख्य अभिनय रहेको यो गीतको म्युजिक भिडियोको सम्पादन निर्देशक विष्णु भट्टराईले गर्नुभएको छ ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नवलपरासीका पूर्व अध्यक्ष समेत रहनुभएका क्षेत्रीले यसअघि पनि करिब आठ वटा मौलिक तीज गीत बजारमा ल्याउनुभएको थियो । गायन र अभियनमा दख्खल राख्ने क्षेत्रीको रचना र अभिनयमा हालसम्म तीन दर्जन बढी दोहोरी तथा तीजका गीत सार्वजनिक भईसकेका छन् । नेपाली लोक दोहारी तथा तीजका गीतमा मौलिकताको संरक्षण र प्रवद्र्धनमा सहयोग हुने गरि आफूले गीत संगीतको रचना गर्दै आएको गायक क्षेत्री बताउनुहुन्छ ।

(भिडियो)

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित

प्रतिक्रिया दिनुहोस


↑