२०८१ कार्तिक २, शुक्रबार
24 खबर अपडेट

ज्योति विकास बैंक परासी शाखाले मनायो बैंकको १६ औँ वार्षिकोत्सव

२०८१ श्रावण ९, बुधबार प्रकाशित ( महिना अघि) ४९६ पाठक संख्या

मोहन पौडेल
परासी, ९ साउन । ज्योति विकास बैंकको १६ औँ वार्षिकोत्सवको अवसरमा बैंकको परासी शाखाले विशेष कार्यक्रम गरेको छ । बैंकका परासी शाखा प्रमुख दीपक अधिकारीको अध्यक्षता तथा रामग्राम नगरपालिकाका प्रमुख धनपत यादवको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा बैंकका ग्राहक,उद्योगी, व्यवसायी,बैंकर्स,विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि एवं सञ्चारकर्मीहरुको सहभागिता थियो ।
उक्त अवसरमा बैंकका शाखा प्रमुख अधिकारीले बैंकको उद्देश्य, कार्यसम्पादन तथा यस क्षेत्रमा गरिरहेको योगदानको चर्चा गर्दै ज्योति विकास बैंकको परासी शाखाले पनि स्थपनादेखि नै ग्राहकको विश्वास जित्दै आएको बताउनुभयो । बैंकको १६ वर्षको यात्रालाई सफल बनाउन ग्राहक तथा आम सर्वसाधारणको उल्लेख्य योगदान गरेको भन्दै शाखा प्रमुख अधिकारीले बैंकको लक्ष्य प्राप्तिमा सशक्त रुपमा लाग्ने प्रतिबद्धता व्यक्त गर्दै आगामी दिनमा पनि ग्राहकको विश्वास कायम राख्दै सामाजिक उत्तरदायित्वको क्षेत्रमा पनि विशेष योगदान रहिरहने बताउनुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख यादवले ज्योति विकास बैंकले परासीमा ज्योति छर्न सफल भएको भन्दै वार्षिकोत्सवको अवसरमा थप प्रगतिको शुभकामना व्यक्त गर्नुभयो । उहाँले बैंकहरुले आफ्नो सामाजिक उत्तरदायित्वको जिम्मेवारी पूरा गर्नका लागि छुट्याउने गरेको रकमलाई नगरपालिकाको साझेदारीमा नगर विकासमा लगाउन आग्रह गर्नुभयो ।
उक्त अवसरमा परासी बैंकर्स क्लवकी अध्यक्ष मीना पाण्डे, रोटरी क्लब अफ नवलपरासीका अध्यक्ष सुनिल कसौधन, रेडियो परासीका प्रबन्ध निर्देशक मेघराज गौतम लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । ज्योति विकास बैंकले दुई वर्ष अघि परासीमा शाखा स्थापना गरेको थियो । २०६५ साउन ९ गते स्थापना भएको यो बैंकको हाल देशभर १२१ वटा शाखा कार्यालय,३ वटा विस्तारित काउण्टर तथा ७५ वटा एटिएम मार्फत बैंकिङ् सेवा उपलब्ध गराउँदै आएको जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्योखुशीअचम्मउत्साहितदुखीआक्रोशित
१%

प्रतिक्रिया दिनुहोस