

मोहन पौडेल
परासी, ४ वैशाख । पश्चिम नवलपरासीमा अवस्थित ऐतिहासिक, धार्मिक तथा पर्यटकीय सम्पदाको प्रवद्र्धन गर्ने उद्देश्यले पहिलो पटक ‘नवलपरासी सम्पदा साइकल यात्रा–२०८३’ आयोजना हुने भएको छ । नवलपरासी साइकिल राइडर्स क्लबको आयोजनामा हुने यस यात्राले स्वास्थ्य, वातावरण संरक्षण र पर्यटन प्रवद्र्धनलाई सँगसँगै अघि बढाउने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।
क्लबले शुक्रबार सुनवलमा पत्रकार सम्मेलन गरी भोली वैशाख ५ गते शनिबार बिहान ७ बजेबाट यात्रा सुरु गर्न लागिएको जानकारी दिएको हो । विश्व सम्पदा दिवसको अवसरमा आयोजना हुन लागेको साइकल यात्राको प्रारम्भ सुनवलस्थित कृष्ण धामबाट हुने संस्थाका अध्यक्ष रामबहादुर थापाले जानकारी दिनुभयो ।
करिब ७० किलोमिटर लामो यस साइकल यात्रामा सात जिल्लाका १०० जना भन्दा बढी साइकल यात्री सहभागि हुनेछन् । यात्रा सुनवलबाट सुरु भई परासीबुद्ध चोक, रामग्राम स्तूप, बर्दघाटको भटौलिया, बुद्धमंगल ताल, कञ्चनकुटी, बर्दघाट बजार, भूमही, बाबा बर्दगोरिया, कीर्तिपुर सुनवल हुँदै लोटस रिर्साेट सुनवलमा आएर समापन हुने क्लवका सचिव बासुदेव पौडेलले जानकारी दिनुभयो ।
सचिव पौडेलका अनुसार यस यात्राले नवलपरासीको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्पदालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन मद्दत पु¥याउने विश्वास लिइएको छ। साथै, साइकल यात्रामार्फत वातावरणमैत्री सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्ने लक्ष्य समेत राखिएको छ। “यस्ता कार्यक्रमले स्वास्थ्य प्रवद्र्धनसँगै स्थानीय पर्यटन विकासमा टेवा पु¥याउँछ,” उहाँले भन्नुभयो ।
यस्तो छ साइकल यात्राको रुट र समय

